काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ। मौद्रिक नीतिमा सेयर बजार सुधारका लागि केही लचकता अपनाइएको छ।
मौद्रिक नीतिमा सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने भनिएको छ। मौद्रिक नीति सार्वजनिक भएलगत्तै नेप्से इन्डेक्स बढेर २२०० माथि उक्लिएको छ।
मौद्रिक नीति सार्वजनिक हुनुअघिसम्म सामान्य अंकले बजार उतारचढाव भइरहेको थियो। तर, मौद्रिक नीति सार्वजनिक भएलगत्तै बजार ह्वात्तै बढेको थियो।
अहिले यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ४४ अंक बढेर २२०७ माथि कारोबार भइरहेको छ। मौद्रिक नीतिबाट केही आशा गर्न सकिने लगानीकर्ताहरुले अपेक्षा गरेका छन्। सोही कारणले पनि बजार बढेको उनीहरुको मत छ।
केही लगानीकर्ताले भने मौद्रिक नीतिले सेयर बजार सुधारका लागि थोरै लचकता अपनाए पनि आफूहरुले पेस परेका सम्पूर्ण मागहरु पूरा नभएको बताएका छन्।
नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल भन्छिन्, ‘मौद्रिक नीति पुँजीबजारप्रति थोरै सकारात्मक देखिएको छ, १५० रहेको जोखिम भार पुनरावलोकन विषय समिटिएको छ, यसले गर्दा नेप्से बढ्न पुगेको हो।’
मौद्रिक नीतिमा पुँजीबजार सुधारका लागि केही लचकता अपनाइएको पोख्रेल बताउँछिन्। उनले भनिन्, ‘तर, हामीहरुले माग गरेका कतिपय विषयहरु मौद्रिक नीतिमा समेटिएका छैनन्।’
बजार जानकार प्रेम वली मौद्रिक नीतिमा बेस रेट सुधारको कुरालाई जोड दिइएको बताउँछन्। ‘यसका साथै सेयर धितो कर्जाको जोखिम भार पुनरावलोकन गरिने भएको छ’, उनले भने, ‘यस्ता नीतिले लगानीकर्ताहरु उत्साहित भएका हुन सक्छन्।’
10 minutes ago
28 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago