काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि रायसुझाव मागेको छ। 

नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम राष्ट्र बैंकले प्रत्येक वर्ष मौद्रिक सार्वजनिक गर्दै आएको छ। सोही बमोजिम राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले एक सूचना जारी गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सरोकारवालासँग आवश्यक रायसुझाव माग गरेको हो। 

मौद्रिक नीतिका लागि आवश्यक रायसुझाव विभागको ई–मेल monetarypolicy@nrb.org.np मा पठाउन राष्ट्र बैंकले आग्रह गरेको छ।