काठमाण्डौ । नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले हाल बैंक तथा वित्तीय सस्थाहरुले नेपाल राष्ट्र बैंकमा दैनिक रुपमा राख्दै आएको अनिवार्य नगद मौज्दात (सीआरआर) को न्यूनतम सीमा घटाएर ५० प्रतिशत कायम गर्नुपर्ने सुझाव दिएको छ। 

नेपाल राष्ट्र बैंकलाई आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा राय पठाउँदै एनबीएले यस्तो सुझाव दिएको हो। एनबीएले सीआरआरको हाल कायम न्यूनतम सीमा ७० प्रतिशतबाट घटाएर ५० प्रतिशत कायम गर्नुपर्ने सुझाव दिएको हो। 

यसैगरी एनबीएले अल्पकालीन ब्याजदरको उतारचढाव कम गर्ने उद्देश्यका साथ कार्यान्वयनमा ल्याइएको ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव पनि दिएको छ। रिपो सुविधा ओभरनाइट आधारमा हालको सीमा ०.२५ प्रतिशत बाट बृद्धि गरी न्यूनतम २ प्रतिशत कायम गर्ने पनि एनबीएको सुझाव छ। 

आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिका लागि नेपाल बैंकर्स संघका तर्फबाट सुझावहरु -