काठमाण्डौ । सेयर बजार केही दिनयता सामान्य अंकले तलमाथि गरिरहेको छ। बजार जानकारहरुले अहिले बजार साइडवेजमा चलिरहेको बताउँछन्।
साइडवेजमा जानुलाई चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षालाई मुख्य रुपमा लिइएको छ। मौद्रिक नीतिमा गरिएको सेयर धितो कर्जाको ४–१२ को क्याप र सीडी रेसियोमा केही परिमार्जन हुन अपेक्षामा लगानीकर्ताहरु छन्। यी दुवै कुराले सेयर बजारलाई प्रभाव पारिरहेको विश्लेषकहरु बताउँछन्।
उता नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीतिको समीक्षा यही साताभित्र गर्ने तयारी गरिरहेको छ। ‘अहिले प्राप्त सुझावहरुमाथि छलफल भइरहेको छ, समीक्षा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ’, राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘यही नै दिनमा हुने भन्ने फिक्ड भइसकेको छैन, तर यही साताभित्र मौद्रिक नीतिको समीक्षा आउने सम्भावना प्रबल छ।’
ती अधिकारीले मौद्रिक नीतिको समीक्षाबारे थप खुलाउन चाहेनन्। ‘अहिले छलफल नै चलिरहेको छ, यही हुनेछ भन्ने अवस्था बनिसकेको छैन’, ती अधिकारीले भने।
21 hours ago
21 hours ago
22 hours ago
22 hours ago
22 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago