काठमाण्डौ । आज बिहीबार सेयर बजारमा २७ अंकको बढोत्तरी भएको छ। योसँगै साताको अन्तिम कारोबारलाई बजारले सुखद् बिदाइ गरेको छ। शुक्रबार श्रीकृष्ण जन्माष्टमीका अवसरमा सार्वजनिक बिदा दिइएको छ।

प्राविधिक रुपमा बजारलाई विभिन्न औजारमार्फत हेर्दा म्याक्डीमा बुलिस क्रसओभर हुन लागेको देखिन्छ। हिस्टोग्राम नेगेटिभ भए पनि छोटा–छोटा भएका छन्। यसले बजारमा आगामी साता बुलिस क्रसओभर हुन सक्ने देखिन्छ। 

त्यसैगरी बजारले ५० दिने मुभिङ एभरेजभन्दा माथि बलियो सपोर्ट लिएको देखिन्छ। (हेर्नुहोस् हरियो एरो) 

यदि बजार आगामी दिनमा अघिल्लोपटकको प्रतिरोध २०८८ भन्दा माथि–माथि नै कारोबारमा भएमा बजारमा राम्रो बढोत्तरी आउन सक्ने देखिन्छ। 

यसैगरी बजार २००० को सपोर्टभन्दा तल झरेमा डाउ थेउरीअन्तर्गत  लोअर लो बनाउँदै गरेको बुझिन्छ। 

दैनिक चार्टमा आरएसआईअन्तर्गत बजारलाई हेर्दा ३८ को विन्दुबाट फर्केर हाल ४८ को न्युट्रल जोनमा रहेको देखिन्छ। यसले बजार अप ट्रेन्डको यात्रा तय गर्दै गरेको बुझिन्छ।  

दैनिक चार्टमा नै बोलिंगर ब्यान्डमार्फत हेर्दा मूल्यरेखाले मध्य ब्यान्डलाई ब्रेक गर्न सकेको छैन। यसले बजारमा प्राविधिक रुपमा कन्फर्मेसन भने अझै नबनेको देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।