काठमाण्डौ। नेप्सेको दैनिक चार्टमा ४ महिनापछि आज म्याक्डीमा बियरिस क्रसओभर बनेको छ। (हेर्नुहोस् कालो एरो)
यसअघि गत अगस्ट ७ मा यस्तै बियरिस क्रसओभर बन्दा बजार करिब २ महिना बियरिस बनेको थियो। दुई महिना बियरिस बनेको बजार गत अक्टोबर ९ मा भने एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काटेर पुनः बुलिस क्रसओभर बनेको थियो।
म्याक्डीअनुसार बजार २ महिना नै बुलिस बनेको थियो। तर, बजारमा आज भने एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काटेर बियरिस क्रसओभर बनेको छ। योसँगै हिस्टोग्राम पनि नेगेटिभ बनेको छ।
त्यसैगरी दैनिक चार्टअनुसार आज बजार बोलिंगर ब्यान्डको मध्य ब्यान्डलाई ब्रेक गरेर तल झरेको छ (हेर्नुहोस् कालो एरो)। यसले बजारमा बिक्रीचाप पर्दै गरेको बुझिन्छ।
यदि आगामी कारोबारमा पनि बजार घटेमा मूल्यरेखाले तल्लो ब्यान्डतर्फ आकर्षित हुन पनि सक्छ।
आरएसआईमार्फत बजारलाई हेर्दा आज ४७ को न्युट्रल तहमा रहेको छ। तीनवटै इन्डिकेटरलाई संयुक्त रुपमा मिलाएर हेर्दा आज बजारमा बिक्री दबाब परेको र क्रमशः बजार कमजोर बन्दै गरेको देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।
6 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago