काठमाण्डौ । आज दिनभर उतारचढाव देखिएको सेयर बजार करिब १५ अंकले घटेर बन्द भएको छ।
क्यान्डल स्टिकमार्फत हेर्दा आज बियरिस क्यान्डल बनेको छ। बजारलाई विभिन्न टाइम फेरेममार्फत हेर्दा पनि बिक्री दबाब परेको देखिन्छ।
दैनिक चार्टमा बोलिंगर ब्यान्डमार्फत हेर्दा बजारले अप्पर ब्यान्डमा सुटिङ स्टार बनाएर बजार मध्य ब्यान्डतर्फ झरेको देखिन्छ।
म्याक्डीमार्फत हेर्दा बजारमा आज प्रस्ट बियरिस क्रसओभर बनेको छ भने हिस्टोग्राम नेगेटिभ भएका छन्। (हेर्नुहोस् रातो एरो)
आरएसाआईमार्फत हेर्दा पनि बजारले ८२ को ओभरबट जोनबाट तल झरेर हाल ६५ को तहमा पुगेको छ।
आज बजारलाई आवरली टाइम फेरेममा हेर्दा पनि बोलिंगर ब्यान्डको मध्य ब्यान्डभन्दा तल झरेको छ भने म्याक्डीमा पनि बियरिस क्रसओभर नै रहेको छ।
त्यसैगरी आरएसआई ८२ को ओभरबट जोनबाट ४६ को तहमा पुगेको छ।
समग्रमा तीनवटै इन्डिकेटरबाट हेर्दा बजारमा बिक्री दबाब परेको देखिन्छ। आगामी दिनमा बजार घटेमा पिभट प्वइन्टका आधारमा क्रमशः सपोर्टका विन्दु २१४७, २११२ र २०८४ मा हुनेछ भने बढेमा प्रतिरोध क्रमशः २२१०, २२३८ र २२७४ मा हुनेछ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago