काठमाण्डौ । आज बजार करिब १३ अंकले बढेर बन्द भएको छ। लगतार २ दिन बढेको बजारमा आज एक अर्ब ४४ करोडको करोबार भएको छ।
म्याक्डीमार्फत आजको बजारलाई हेर्दा एमएसीडी लाइनले सिग्नल लाइनलाई करिब–करिब तलबाट काट्न सुरु गरेको देखिन्छ। तर, हालसम्म काटेको अवस्था भने होइन। हिस्टोग्राम छोटा–छोटा हुँदै जिरो लाइनमा पुगेको देखिन्छ। केही दिनदेखि हिस्टोग्राम फिक्का पनि हुँदै गएका छन्।
डिमान्ड एन्ड सप्लाई जोनमार्फत हेर्दा आज बजार १९१८ विन्दु अर्थात् डिमान्ड जोनमा प्रवेश गरेको देखिन्छ। यदि बजार यहाँबाट बढेर माथि जान्छ भने बजारको नजिकको सप्लाई जोन भनेको १९८० देखि १९९० को विन्दुमा सप्लाई आउन सक्छ। त्यसपछि पनि बजार माथि नै जान्छ भने बजार २१५० मा आर्को सप्लाई आउन सक्छ।
बजारलाई आरएसआईमार्फत हेर्दा ३० को ओभर सोल्ड जोनबाट फर्केर हाल ३८ को तहमा पुगेको छ। बजार घट्दा पनि आरएसआई खासै घट्न सकेको छैन।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
13 hours ago