काठमाण्डौ । आईपीओ जारी गर्ने अजेन्डासहित म्याग्दी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा डोकेको छ।
कम्पनी सञ्चालक समितिको हिजो मंसिर १५ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ११ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटारस्थित कम्पनी रजिस्टर्डको कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने र आईपीओ बिक्रीबाट प्राप्त रकम उपयोग गर्ने सम्बन्धी विशेष प्रस्ताव अनुमोदन गर्नेछ।
सोही सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु पारित गर्नेछ।
8 hours ago
8 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago