काठमाण्डौ । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित दुईवटा योजनाको आर्थिक वर्ष २०७९–८०का घोषित नगद लाभांश इकाइधनीहरुको बैंक खातामा पठाइएको छ।
योजना व्यवस्थापक कुमारी क्यापिटलले कुमारी इक्विटी फन्ड र कुमारी धनवृद्धि योजनाको नगद लाभांश इकाइधनीहरुको बैंक खातामा पठाइएको जानकारी गराएको छ। उक्त आर्थिक वर्षका लागि करसहित कुमारी इक्विटी फन्डका इकाइधनीहरुलाई १० प्रतिशत र कुमारी धनवृद्धि योजनाका इकाइधनीहरुलाई ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको थियो।
आफ्नो डिम्याट खातामा बैंक खाता अपडेट गरेका इकाइधनीहरुको नगद लाभांश जम्मा गरिएको क्यापिटलले जनाएको छ।
डिम्याट खातामा बैंक खाता अपडेट गर्न बाँकी इकाइधनीहरुले तत्काल अपडेट गर्न पनि क्यापिटलले आग्रह गरेको छ।
यसका साथै आफ्नो इकाइ धितो राखेका इकाइधनीहरुको हकमा प्रतिफल प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतिपत्र कुमारी क्यापिटलमा पेस गर्न पनि आग्रह गरिएको छ।
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago