काठमाण्डौ । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले यती एयरलाइन्ससँगको साझेदारीमा रु.४५० को क्यासब्याक तुरुन्तै पाइने अफर ल्याएको छ।
यो अफरको मुख्य उद्देश्य ग्राहकलाई डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्ने र फ्लाइट बुकिङलाई सहज बनाउनु हो। फ्लाइट बुकिङमा क्यासब्याक दुई चरणमा प्राप्त हुनेछ।
बुकिङ गर्दाको बिल रकममा रु. १५० घट्नेछ भने बाँकी रहेको रु. ३०० ‘खल्ती’ वालेटमा क्यासब्याकस्वरुप प्राप्त हुनेछ। यो अफर आज जनवरी १३ देखि आउँदो फेब्रुअरी १५ सम्म मान्य हुनेछ।
फ्लाइट बुकिङमा तत्काल क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताले निम्न चरणहरु पालना गर्नुपर्नेछ–
१) यती एयरलाइन्सको एप डाउनलोड गरी रेजिस्टर गर्नुहोस् वा https://www.yetiairlines.com/ मा जानुहोस्।
२) Origin, Destination, Departure date, Nationality र Number of adults/children खोजी छनौट गर्नुहोस्।
३) आफूलाई चाहिने टिकट छनौट गरेर “Continue” मा ट्याप गर्नुहोस्।
४) सम्पूर्ण विवरण भर्नुहोस् र “Next” मा ट्याप गर्नुहोस्।
५) Khalti छनौट गरी भुक्तानी गर्नुहोस्।
फ्लाइट टिकट बुक भई प्रयोगकर्ताले आफ्नो खल्ती आईडीमा तत्काल क्यासब्याक पाउनेछन्।
यस अफरका बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘यती एयरलाइन्ससँग मिलेर काम गरी प्रयोगकर्ताका लागि फ्लाइट बुकिङ र डिजिटल भुक्तानीमा सजिलो सुविधा र पहुँच पुर्याउन पाउँदा हामी धेरै उत्साहित छौँ।’
त्यसैगरी यती एयरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराज विष्टले भने, ‘हामी खल्तीसँग सहकार्य गर्न पाउँदा र प्रयोगकर्तालाई सहज फ्लाइट बुकिङको अनुभव प्रदान गर्न पाउँदा उत्साहित छौँ।’
‘खल्ती’ नेपाली फिनटेक उद्योगमा एक फरक एवं नवीन पहिचान बोकेको ब्रान्ड हो। २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै– मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी ६० हजार बढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ।
यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरी प्रयोगकर्तालाई समयका साथै पैसाको बचतमा पनि ‘खल्ती’ले योगदान दिँदै आएको छ।
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago