काठमाण्डौ । पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकामध्ये ११ जनाको पहिचान भएको छ।
गण्डकी अस्पताल (पश्चिम क्षेत्रीय अस्पताल)का अनुसार ज्यान गुमाएकामध्ये १ विदेशीसहित ११ जनाको सनाखत भएको हो।
आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने ११ जनाको सनाखत भएको छ। पोखराको गण्डकी अस्पतालले दिएको विवरण अनुसार १ विदेशीसहित ११ जनाको सनाखत भएको हो।
पहिचान भएकाहरुमा कोरियन नागरिक यू क्यानगुल, लक्ष्मी पौडेल, प्रसिद्धी पौडेल, अरुण पौडेल, पूर्णकुमार गुरुङ, निशान्त आचार्य, संगीता शाही, डा. सुशील श्रेष्ठ, डा. सेना दिवाकर, १० महिनाका रियान पौडेल र अदाकत अलिमिया छन्।
दुर्घटनास्थल सेती खोँचबाट अहिलेसम्म ६८ जनाको शव निकालिएको छ। तीमध्ये ३५ वटा शव गण्डकी अस्पतालमा राखिएको छ। बाँकी घटनास्थलमै छन्।
दुर्घटनामा परेका ४ जना अझै फेला पर्न सकेका छैनन््। घटनास्थलमा सुरक्षाकर्मीले उद्धार कार्य जारी राखेका छन्।
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago