काठमाण्डौ । आज सेयर बजारले उच्च विन्दु चुम्दा पक्कै पनि आफ्नो पोर्टफोलियो कति बढ्यो भनेर हेर्न मन लाग्छ। तर सेयर बजार बढे पनि आफ्नो पोर्टफोलियोमा कुनै परिवर्तन नआएको देख्दा अचम्म पनि लाग्न सक्छ। तर किन अपडेट भएन पोर्टफोलियो ? कारण यस्तो रहेको छ। 

सीडीएससीका अनुसार नेप्सेले आजको एपीआईको डाटा नपठाउँदा मेरो सेयरमा पोर्टफोलियो अपडेट नभएको जनाएको छ। सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले नेप्सेले नयाँ वेबसाइटलाई परिमार्जन गर्दै जाने क्रममा आज त्यहाँबाट आउनुपर्ने एपीआईको डाटा आउन समय लागेका कारण मेरो सेयरमा पोर्टफोलियो अपडेट हुन नसकेको बताए। उताबाट आजको एपीआईको डाटा आउनासाथ मेरो सेयरमा पोर्टफोलियो अपडेट हुने उनले जानकारी दिए।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रवक्ता मुराहरी पराजुलीले प्राविधिक समस्याका कारण आजको एपीआईको डाटा सीडीएससीमा पठाउन नसकिएको बताए। ‘केही समयमै समस्या समाधान गरी एपीआईको डाटा पठाउँछौँ’, उनले भने।