काठमाण्डौ । अहिले विश्वभर मोबाइल फोन प्रयोगकर्ताको संख्या बढ्दै गएको छ। योसँगै मोबाइलमा ब्याट्री अत्याधिक कम भएको अवस्थामा सर्वसाधारणले सार्वजनिक फोन चार्जिङ स्टेसनको पनि प्रयोग बढ्दै गएको छ।
सुरक्षाविज्ञ तथा अनुसन्धानकर्ताले आफ्नो मोबाइल सार्वजनिक स्थानमा चार्ज नगर्न सर्वसाधरणलाई चेनावनी दिएका छन्। अमेरिकास्थित एफबीआईले यसरी सार्वजनिक स्थानमा मोबाइल वा ट्याब चार्ज गर्दा आफ्नो डिभाइसमा भएका गोप्य भिडियो, अडियो रेकर्ड, फोटो तथा अन्य व्यक्तिगत विवरण ह्याकरले तान्न सक्ने चेतावनी दिएको छ।
यस्तो चेतावनी एफबीआईले सन् २०११ देखि सर्वसाधरणलाई दिँदै आएको छ। केही केसमा आपराधिक समूहले पनि अन्तर्राष्ट्रिय केबल प्रयोग गरेर गोप्य सूचना लिन सक्ने र डिभाइसमा ह्याङ बनाउन सक्ने एफबीआइले चेतावनी दिएको छ। –एजेन्सी
12 minutes ago
34 minutes ago
44 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago