काठमाण्डौ । विश्वले नयाँ वर्ष मनाइरहेको बेला अमेरिकी सेयर बजार भने खुलै रहने भएको छ।

अमेरिकी सेयर बजार इतिहास सन् १९२८ देखि अहिलेसम्म यसरी १३ पटक सेयर बजार नयाँ वर्षको दिन खुलै रहेको छ। यदि अमेरिकी नयाँ वर्ष अथवा कुनै पनि सार्वजनिक बिदा शुक्रबार पर्छ भने अमेरिकी सेयर बजार बन्द गरिँदैन। तर, अन्य बार ((शनिबार र आइतबारबाहेक) परेमा नयाँ वर्ष वा अन्य कुनै सार्वजनिक बिदा पर्दा भने बजार बन्द गरिन्छ। 

अमेरिकी सेयर बजार, बोन्ड मार्केट र डिबेन्चर बजार पनि खुलै रहनेछन्। सन् १९३७, १९४३ , १९४८, १९५४, १९६५, १९७१, १९७६, १९८२, १९९३, १९९९, २००४, २०१०, २०२१ मा नयाँ वर्षको दिन शुक्रबार परेका कारण अमेरिकी सेयर बजार खुलै रहेको थियो। यसरी खोल्नै पर्ने कारण भने अकाउन्टिङ हिसाब मिलान गर्नैपर्ने रहेको छ। 

कोभिड महामारीबीच पनि अमेरिकी सेयर बजारमा सन् २०२१ मा उछाल आएको छ। – एजेन्सी