काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा फेरि कच्चा तेलको भाउमा लगातार गिरावट आउन थालेको छ।
रुस–युक्रेन युद्धका कारण केही महिनाअघि कच्चा तेलको मूल्य प्रतिब्यारेल १३९ डलर पुगेको थियो। यो २००८ पछिको उच्चतम स्तर हो। जसका कारण इन्धनको मूल्य विश्वभर कीर्तिमानी स्तरमा पुगेको थियो।
पछिल्ला दिनमा कच्चा तेलको मूल्य घटिरहेको छ। आज बिहीबारको प्रारम्भिक कारोबारमा करिब ३ प्रतिशतले घटेर ब्रेन्ट क्रुड प्रतिब्यारेल ९६.५० डलरमा कारोबार भइरहेको थियो।
आजको प्रारम्भिक कारोबारमा ब्रेन्ट क्रुड २.८४ प्रतिशत अर्थात् २.८२ डलरले घटेर ९६.४९ डलर प्रतिब्यारेलमा कारोबार भइरहेको छ। त्यस्तै यूएस वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) पनि ०.३९ डलरले घटेर ८९.१६ डलर प्रतिब्यारेलमा कारोबार भइरहेको छ।
पछिल्ला दिनमा कच्चा तेलको मूल्यमा निकै उतारचढाव देखिएको छ। इरान र पश्चिमी देशहरु आणविक सम्झौताको नजिक पुगेको खबरका कारण तेलको मूल्यमा गिरावट आएको थियो। तर, त्यसपछि साउदी अरेबियाको धम्कीले तेलको मूल्यमा फेरि तीव्र बढोत्तरी भएको थियो। साउदी अरेबियाले ओपेक प्लस देशहरुले कच्चा तेल उत्पादन कटौती गर्न सक्ने चेतावनी दिएको थियो।
अहिले महँगीका कारण तेलको माग प्रभावित भएकोले पनि मूल्यमा गिरावट आएको बताइएको छ। –एजेन्सी
2 minutes ago
22 minutes ago
52 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago