काठमाण्डौ । धेरै पश्चिमी देशहरुको आलोचनाका बाबजुद पछिल्ला केही महिनादेखि भारतले रुसबाट सस्तो मूल्यमा कच्चा तेलको खरिदमा भारी वृद्धि गरेको छ। 

भारतीय विदेशमन्त्री एस जयशंकरले पनि रुसबाट तेल किन्नु भारतका लागि फाइदाजनक रहेको बताएका छन्। दुईदिने मस्को भ्रमणका क्रममा सञ्चारकर्मीहरुको प्रश्नको जबाफ दिँदै उनले भने, ‘त्यसैले भारत रुसी तेल आयातलाई जारी राख्न चाहन्छ।’

विदेशमन्त्री जयशंकरको यो भनाइ मस्कोमा रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेट्ने क्रममा आएको हो। जयशंकरले भने, ‘ऊर्जा बजारमा दबाब छ। यो धेरैहरुका लागि तनावको विषय पनि हो तर, विश्वको तेस्रो ठूलो तेल र ग्यास उपभोक्ताका रुपमा– जसले धेरै कमाउँदैन, हाम्रो मौलिक जिम्मेवारी भनेको भारतीय उपभोक्ताले सम्भव भएसम्म उत्तम तेल पाऊन् र हामीलाई अन्तर्राष्ट्रिय बजारहरुमा सबैभन्दा लाभदायक सम्झौताहरु प्राप्त होस्।’ 

‘इमानदारीपूर्वक भन्नुपर्दा यस सन्दर्भमा हामीले भारत र रुसबीचको सम्बन्धबाट फाइदा उठाएका छौँ। त्यसैले यदि यो हाम्रा लागि फाइदाजनक छ भने हामी यसलाई जारी राख्न चाहन्छौँ’, जयशंकरले भने। 

रुससँग भारतको सम्बन्ध ‘अत्यन्तै’ स्थिर रहेको उल्लेख गर्दै जयशंकरले दुई देशबीचको यस सम्बन्धको उद्देश्य बढ्दो आर्थिक सहयोगको पृष्ठभूमिमा पारस्परिक रुपमा लाभदायक र दीर्घकालीन साझेदारी निर्माण गर्नुरहेको पनि स्पष्ट पारे। –एजेन्सी