काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले प्रवाह गर्दै आएको सेवा आज बिहीबार सडक विस्तारका क्रममा बुटवल–बर्दघाट र दमौली–आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण अवरुद्ध भएको जानकारी गराएको छ।
कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै त्यस क्षेत्रमा सेवा अवरुद्ध भएको जानकारी गराएको हो। कम्पनीका सम्बन्धित मर्मतसम्भार टोलीहरु फिल्डमा खटाइसकेकाले चाँडै सेवा सुचारु गर्ने प्रयास भइरहेको विज्ञप्तिमा जनाइएको छ।
यस अप्रत्याशित घटनाले सेवामा पर्न गएको असुविधाका लागि कम्पनीले क्षमा मागेको छ।
अत्यावश्यक दूरसञ्चार सेवालाई सुचारु राख्नका लागि महत्वपूर्ण दूरसञ्चार पूर्वाधारको संरक्षणमा सजग रहन एनसेलले सबैलाई अनुरोध गरेको छ। ‘हामीलाई गर्नुभएको माया, विश्वास, समर्थन र समझदारीका लागि हामी सम्पूर्ण ग्राहक, साकेदार तथा शुभचिन्तकप्रति आभारी छौँ’, कम्पनीले भनेको छ, ‘हामी भरपर्दो र गुणस्तरीय सेवाहरु प्रदान गर्न प्रतिबद्ध छौँ।’
6 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago