काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर बजारका लगानीकर्तालाई आफ्नो स्थायी लेखा नम्बर (प्यान) रुजु गर्न आग्रह गरेको छ।

सीडीएससीको सीएनएस प्रणालीबाट प्राप्त पुँजीगत लाभकर विवरण सम्बन्धित राजस्व कार्यालयमा अपलोड गरिँदै आएकोमा अधिकांश लगानीकर्ताको प्यान फरक–फरक प्रबिष्टि गरेको पाइएकोले लगानीकर्तालाई रुजु गर्न आग्रह गरेको हो। ‘फरक प्यान आन्तरिक राजस्व विभागको साइटमा अपलोड हुन सक्दैन’, नेप्सेद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

नेप्सेले फरक प्यानका कारणले लगानीकर्ताको वास्तविक प्यानमा पुँजीगत लाभकर नगएमा स्वयं सदस्य दलाल व्यवसायी (ब्रोकर) जबाफदेही हुनुपर्ने स्पष्ट पारेको छ। ‘लगानीकर्ताले पनि आफ्नो प्यान ठिक भए नभएको रुजु गरी यकिन गर्नसमेत अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ।