काठमाण्डौ । बिटक्वाइनको कारोबार नेपालमा प्रतिबन्धित छ । भारत लगायतका देशमा समेत यसको कारोबारले कानूनी मान्यता पाएको छैन । विश्वका तमाम देश तथा त्यहाँका कारोबारीहरुले एकातर्फ बिटक्वाइनमाथि शंका व्यक्त गरिरहेका छन् भने अर्कोतर्फ यसको मूल्यमा दिनहुँ चमात्कारिक उछाल आइरहेको छ। यहीकारण जोखिम मोलेरै भए पनि विश्वभरका मानिसहरु यो क्रिप्टोकरेन्सीमा लगानी गर्न आतुर र इच्छुक छन् । नेपालमा प्रतिबन्धित भए पनि अन्य देशमा बस्ने नेपालीहरुले बिटक्वाइनमा मज्जाले लगानी गर्न सक्छन् । उसो भए, कसरी गर्न सकिन्छ त बिटक्वाइनमा लगानी ?

बिटक्वाइनको वालेट इन्स्टल गर्नुहोस्
तपाई नयाँ प्रयोगकर्ता हुनुुहुन्छ भने प्राविधिक रुपमा ठूलो कठिनाई नभोगी सहजै बिटक्वाइनको वालेटको प्रयोग सुरु गर्न सक्नुुहुन्छ । यसका लागि सबैभन्दा पहिला तपाईले बिटक्वाइनको वालेट मोवाइल वा कम्प्युटरमा इन्स्टल गर्नुपर्ने हुन्छ । यसले तपाईको पहिलो बिटक्वाइन ठेगाना बनाइदिन्छ र आवश्कयताका आधारमा अन्य ठेगाना समेत बनाउन सकिन्छ । तपाईले आफ्नो साथीलाई आफ्नो बिटक्वाइनको ठेगाना बताउन सक्नुुहुन्छ, ताकि तपाईले उसलाई वा उसले तपाईलाई भुक्तानी गर्न सकोस् । बिटक्वाइन वालेटले एक इमेल ठेगानाको रुपमा काम गर्छ र फरक यत्ति हो यसको ठेगानालाई केवल एकपटक मात्र प्रयोग गर्न सकिन्छ । 

ब्ल्याक चेन
ब्ल्याक चेन वा ब्यालेन्स सार्वजनिक र साझा बही खाता हो, जसमा पूरा बिटक्वाइन नेटवर्क निर्भर हुन्छ । भेरिफाइड लेनदेन ब्ल्याक चेनमा सामेल हुन्छ । यसप्रकारले बिटक्वाइनको वालेटले खर्च हुनसक्नेवाला शेष राशिको गणना गर्न सक्छ र नयाँ लेनदेन स्थापित गर्न सक्छ । यो क्रिप्टोग्राफीको माध्यमबाट हुन्छ । 

कारोबार
यहाँ कारोबारको अर्थ वालिट्सको बीचमा हुने मान्यताप्राप्त(आधिकारिक) ट्रान्सफरलाई बुुझ्नुपर्छ, जुन ब्ल्याक चेनमा सामेल हुन्छ । बिटक्वाइन वालिटले गोप्य डाटा राख्ने काम गर्छ, जसलाई प्राइभेट ‘की’ वा ‘सीड’ पनि भन्ने गरिन्छ । यसलाई लेनदेनको क्रममा हस्ताक्षर गर्नका लागि प्रयोगमा ल्याउन सकिन्छ । यसले यो कुरा प्रमाणित गर्छ कि यो मालिकको वालिटबाटै आएको हो । यो संकेतले नै कारोबारमा कुनै पनि शंकास्पद गतिविधिलाई रोक्ने काम गर्छ । एकपटकको कारोबारमा करिब १० मिनेटको समय लाग्छ । 

प्रोसेसिङ
प्रोसेसिङ वा माइनिङको अर्थ त्यो प्रक्रिया हो, जसको माध्यमबाट ब्ल्याक चेनमा सामेल कारोबारलाई मञ्जुरी प्राप्त हुन्छ । यसबाट ब्ल्याक चेनमा एक क्रोनोलोजिकल अर्डर तयार हुन्छ र यसबाट नेटवर्क सुरक्षित हुन्छ । कुनै पनि कारोबार पुष्टि हुनका लागि उसको ब्ल्याक चेनमा हुनुपर्छ र कठीन क्रिप्टोग्राफी नियमको माध्यमबाट त्यसको भेरिफाई समेत गर्न सकिन्छ ।