काठमाण्डौ । नेपालमा १० तले भवन बनाउन कति समय लाग्ला ? ५ महिना, १० महिना वा १ वर्ष ? तर २८ घन्टामै एउटा १० तले भवन बन्यो भन्दा आश्चर्य लाग्न सक्छ। 

चीनमा यस्तै भएको छ। त्यहाँ २८ घन्टा ४५ मिनेट एउटा १० तले भवन निर्माण गरिएको छ। भवन निर्माणको कामका बारेमा खिचिएको भिडियो अहिले सामाजिक सञ्जालहरु भाइरल बनेको छ। 

चीनको चांग्शामा बोर्ड ग्रुपले एउटा अपार्टमेन्ट बनाएको हो। यो भवन कम्पनीले ‘प्रिफ्याब्रिकेटेड कन्स्ट्रक्सन सिस्टम टेक्नोलोजी’ को प्रयोग गरेर बनाएको हो। यो भवन निर्माण सानो सेल्फ–कन्टेन्ड मोड्युलर युनिट्सहरु असेम्बल गरिएको हो। जसलाई पहिले नै कारखानामा तयार गरिन्छ। 

कारखानामा पहिले नै बनाइएका भवनका हिस्साहरु निर्माणस्थलमा लगिन्छ। त्यसपछि ती हिस्साहरुलाई मिलाएर नटबोल्ट लगाएर कसिन्छ। त्यसपछि बिजुली र पानीका तार र पाइपहरु जोडिन्छन्। अनि तयार हुन्छ एउटा सुन्दर र आकर्षक भवन । – एजेन्सी