काठमाण्डौ । एक अमेरिकी कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एउटा जुम कलमार्फत एकैपटक ९०० कर्मचारीलाई जागिरबाट बर्खास्त गरेका छन्। 

अमेरिकी कम्पनी बेटर डटकमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विशाल गर्गले करिब ३ मिनेटको जुम कलमार्फत एकैपटक यति धेरै कर्मचारीलाई बर्खात गरेका हुन्। उनको यो कदमको अहिले सामाजिक सञ्जालहरुमा निकै आलोचना भइरहेको छ। 

धितो उपलब्ध गराउने कम्पनी बेटर डटकमका सीईओ गर्गले जुम कलमा भनेका थिए, ‘यदि तपाइँहरु यो कलमा सहभागी हुनुहुन्छ भने तपाइँहरु सेवाबाट हटाइने अभागी समूहको सदस्य हुनुहुन्छ।

‘पछिल्लो समय मैले यस्तो गर्दा म रोएको थिएँ’, फोन संवादका क्रममा गर्गले जुम कलमा सहभागी आफ्ना कर्मचारीहरुले भने। 

गर्गले कम्पनीका १५ प्रतिशत कर्मचारीलाई एकैपटक बर्खास्त गर्नुको कारण कर्मचारीको कार्यसम्पादन, उत्पादकत्व अनि बजारमा देखिएको परिवर्तन रहेको बताएका थिए। तर गत हप्ता लगानीकर्ताहरुबाट बेटर डटकमले प्राप्त गरेको ७५ करोड अमेरिकी डलर बराबरको रकम बारे भने उनले उल्लेख गरेनन्।

उक्त कलपछि सामाजिक सञ्जालमा अपलोड गरिएको थियो। क्रिसमस पर्व आउनुभन्दा केही दिनअघि भएको यो घटनालाई सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले ‘अभद्र’, ‘कठोर’ अनि ‘एउटा खराब कदम’ भन्दै प्रतिक्रिया जनाएका छन्।

बेटर डटकमका प्रमुख वित्त अधिकारी केभिन रायनले कर्मचारी छाँटकाँट गर्नुपर्ने अवस्था अत्यन्त अप्रिय भएको प्रतिक्रिया दिएका छन्। –बीबीसीबाट