– रेखा चन्द

काठमाण्डौ । नेपाल बैंकले विभिन्न क्षेत्रमा कर्जा प्रवाह गर्दै आएको छ।

बैंकले आफ्ना ग्राहकको आश्यकतालाई बुझेर कृषि कर्जा, सुनचाँदी कर्जा, सेयर कर्जा, ओभर ड्राफ्ट कर्जा, सहुुलियतपूूर्ण कर्जा, घरजग्गा कर्जा, अटो कर्जा, हायर कर्जालगायत क्षेत्रमा कर्जा दिँदै आएको हो। बैंकले आफ्ना देशभर रहेका २१८ वटा शाखा सञ्जालबाट कर्जा सेवा दिइरहेको छ। 

बचततर्फ ग्राहकलाई आकर्षक ब्याजदर प्रदान गर्दै आएको बैंकले सहुुलियत रुपमा कर्जा पनि दिँदै आएको हो। वैशखसम्ममा बैंकको बेसरेट (आधारदर) ७.२६% रहेको छ। 

यस्ता छन् कर्जाका प्रकार र पाइने सुुविधा

१. पर्सनल कर्जा

यसअन्तर्गत दुुई किसिमको कर्जा पाइन्छ। 

– पर्सनल टर्म कर्जा

यसअन्तर्गत ५० लाखसम्म कर्जा पाइन्छ।  

५० लाखभन्दा माथिको ऋणका लागि भने प्रमाणित गर्नुपर्ने हुुन्छ। ऋणको अवधि २० वर्षसम्म हुुन्छ। 

– पर्सनल ओभरड्राफ्ट कर्जा 

यसमा ५० लाखसम्म कर्जा पाइन्छ। ऋण अवधि १ वर्षको हुन्छ। ऋण अवधि नवीकरण गर्दै जानुपर्छ। 

बैंकले ५ वर्षका लागि पर्सनल टर्म कर्जा बेस रेटमा न्यूनतम २.५५% देखि अधिकतक ३.६६% सम्म ब्याज लिनेछ। यस्तै १० वर्षसम्म बेस रेटमा न्यूनतम ३.०५% देखि र अधिकतम ४.१६% सम्म र १५ वर्षभन्दा बढीका लागि बेस रेटमा न्यूनतम ३.५५% र अधिकतम ४.३३% सम्म कर्जाको ब्याज बैंकले लिनेछ। 

२. अटो कर्जा 

नयाँ र पर्सनल प्रयोगको लागि गाडी खरिद गर्दा बैंकले ५०% सम्म कर्जा उपलब्ध गराउनेछ। जसको अवधि २ देखि ७ वर्षसम्म रहेको छ। यस्तै विद्युतीय सवारी खरिदमा ८०% सम्म बैंकले कर्जा दिनेछ। बिजनेसका लागि गाडी किन्दा ६५% कजाए बैंकले दिनेछ। यसको अवधि पनि २ देखि ७ वर्षसम्म रहेको छ। अटो कजो कर्जा लिने ग्राहकले बेस रेटमा न्यूनतम १.५५% देखि अधिकतम ४.१६% जोडेर कर्जाको ब्याज बुुझाउनुुपर्नेछ। 

३. मार्जिन लेडिङ कर्जा 

नेपाल बैंकले व्यक्ति, फर्म–कम्पनी आदिलाई नेप्सेअन्तर्गत सूचीबद्ध कम्पनीहरुमध्ये बैंक आफैँले सूचीबद्ध कम्पनीहरुको अभौतिकीकृत बजार योग्य सुरक्षाको वाचामा ऋण सुविधा प्रदान गर्दछ। एनबीएल मार्जिन लेन्डिङअन्तर्गत न्यूनतम ऋण सीमा २ लाख हो। यस ऋणको अधिकतम अवधि एक वर्षको हुनेछ। नियामक निकायको नियमअनुसार ऋणीको ऋण नवीकरण गर्न सकिनेछ। यसअन्तर्गत कम्तीमा ५ लाख र बढीमा १०० लाखसम्म कर्जा पाउने व्यवस्था छ। जसको ब्याजदर बेसरेटमा न्यूनतम २.०५% र अधिकतममा ५.०२% सम्म जोडिनेछ।

४. घर कर्जा 

नेपाल बैंकले घर निर्माण, विस्तार र मर्मतसम्भार, घर खरिद र जग्गा खरिदका लागिमात्रै धेरै प्रतिस्पर्धी ब्याजदर र लचिलो सुविधाहरुसहित विभिन्न किसिमका घर कर्जा उपलब्ध गराउँदै आएको छ। बैंकले यसअन्तर्गत नेपा लक्ष्मी कर्जा, प्राफेसनल होम कर्जा, सुुलभ आवास कर्जा दिँदै आएको छ। जसको बेस रेटमा न्यूनतम १.५५% र अधिकतममा ३.६६% सम्म ब्याजदर रहेको छ। 

५. व्यावसायिक कर्जा 

यो ऋणबाट पेसेवरहरुले आफ्नो आर्थिक आवश्यकता व्यवस्थापन गर्न सक्छन्। यो ऋण पेसाकर्मीहरुलाई धितो राखिएको धितोमा ४८ महिनाको आधारभूत तलब रकमसम्म प्रदान गरिन्छ। कर्जाको अधिकतम १० वर्षको हुुनेछ र व्यावसायिक ओभरड्राफ्ट–वार्षिक नवीकरण गर्नुपर्नेछ । यसमा बेस रेटमा न्यूनतम १.६९% र अधिकतममा ४.६६% ब्याज रहेको छ। 

६.फ्लेक्सी कर्जा

फ्लेक्सी लोन धितोमा दिइने हाइब्रिड प्रकारको ऋण हो। यो कर्जा कुल कर्जाको अंशका रुपमा ५०% अवधि र ५०% ओभरड्राफ्ट समावेश गर्दछ। बेस रेटमा न्यूनतम ३.०५% र अधिकतममा ४.६६% जोडेर बैंकले ब्याज लिँदै आएको छ। 

७. एनबीएल एजुुकेसन कर्जा 

नेपाल बैंकले स्वदेशी तथा विदेशी मुलुकमा उच्च शिक्षाका लागि वित्तीय आवश्यकता परिपूर्ति गर्न एनबिएल शैक्षिक कर्जा उपलब्ध गराउँदै आएको छ। फ्रिज भएको अवस्था बाहेक यो कर्जा १० वर्षका लागि उपलब्ध हुनेछ। यो कर्जामा बैंकले बेस रेटमा न्यूनतम ३.००% र अधिकतम ४.००% ब्याज लिनेछ।

८. सुनचाँदी कर्जा 

बैंकले आफ्ना ग्राहकलाई सुन र चाँदीको सुरक्षामा सुन कर्जा उपलब्ध गराउँदै आएको छ। यो सुविधा सबै शाखाहरुबाट प्राप्त गर्न सकिन्छ। यसको ब्याजदर बेसरेटमा ५.००% बढी रहेको छ। 

९. सेवाग्राही कर्जा 

यो ऋण नेपाल बैंक लिमिटेडसँग व्यापारिक सम्बन्ध भएका फर्म, कम्पनी तथा संस्थामा कार्यरत कर्मचारीहरुलाई उपलब्ध गराइन्छ। यस ऋणका लागि सम्बन्धित फर्म, कम्पनी तथा संस्था र बैंकबीच एमओयू गरिन्छ। यसको ब्याजदर बेसरेटमा ५.००% बढी रहेको छ। 

१०. पेन्सनर्स कर्जा 

यो ऋण विभिन्न सरकारी संस्था, संस्थान आदिबाट अवकाश पाएपछि नेपाल बैंक लिमिटेडमार्फत पेन्सन उपभोग गर्ने निवृत्तिभरण धारकलाई प्रदान गरिन्छ।  पेन्सनर्स कर्जाको ब्याजदर बेस रेटमा अधिकतममा ३.००% जोडिएको छ। 

११. घडेरी कर्जा

ऋणीहरुको आर्थिक आवश्यकता परिपूर्ति गर्न नेपाल बैंकले घडेरी कर्जा नामक योजना ल्याएको हो। यो ऋण उत्पादन जग्गा खरिद गर्न जनताको आर्थिक आवश्यकतालाई सहज बनाउन डिजाइन गरिएको हो। यस उत्पादनले अवधि ऋण प्रदान गर्दछ। यो कर्जाको ब्याजदर बेस रेटमा ३.०५% जोडिएको छ।

१२. कृषि कर्जा

नेपाल सरकारले कृषि उत्पादन तथा प्रशोधनको बढ्दो व्यावसायीकरणमा मुख्य ध्यान केन्द्रित गरेकोले बैंक पनि कृषि क्षेत्रको व्यावसायीकरणमा केन्द्रित भएको छ। बैंकले कृषि उत्पादनलाई मापन र व्यापार विविधीकरण गर्नको लागि यो योजना ल्याएको छ। यस योजनामा कर्जा प्रोशेष निःशुुल्क रहेको छ। आधारदरमा ५% प्रिमियम जोडेर ब्याज तिर्नुपर्नेछ। ५% को ब्याज अनुदान पाइने छ। (जस्तै आधारदरमा प्लस ५% प्रिमियम)।

यस्तै अधिकतम एक वर्षसम्म सन्तोषजनक कार्यसम्पादन समीक्षाको अधीनमा प्रत्येक वर्ष नवीकरणीय सुुुविधा पनि रहेको छ। स्थिर अवधि ऋणः स्थिर सम्पत्ति (पशु, गाईवस्तु, बिरुवा, भवन, शेड निर्माण आदिसहित) का लागि मोटोरियम अवधिसहित अधिकतम १५ वर्ष (व्यवसायको प्रकृतिअनुसार) ५ वर्षसम्मको कार्यकालमा ब्याज अनुदान पाइनेछ।