– रेखा चन्द

काठमाण्डौ । विशेषगरी देशको कृषि विकासमा बढीभन्दा बढी गतिशीलता ल्याई सर्वसाधारण जनताको आर्थिक अवस्थालाई उकास्नुु कृषि विकास बैंकको मुुख्य उद्देश्य रहेको छ। यो बैंकले कृषिक्षेत्रमा सुलभ र सरल पद्धति अपनाई पुँजी तथा ऋण उपलब्ध गराउँदै आएको छ। 

यिनै उद्देश्य परिपूर्ति गर्न कृषि विकास बैंक ऐन, २०२४ अन्तर्गत कृषि विकास बैैंकको स्थापना २०२४ साल माघ ७ गते भएको हो। सुरुमा ५ करोडको अधिकृत पुँजीबाट यसको स्थापना भएको थियो। बैंकमा नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर रहेको छ।

कृषि क्षेत्रमा कर्जा प्रवाह, सुन कर्जा, सुन खरिदबिक्री, विदेशी मुद्रा खरिदबिक्री, लकर सेवा, प्रतितपत्र कारोबार, ट्रस्ट रिसिप्ट कर्जा, जमानत कारोबार, सेयर धितोमा कर्जालगायतका कर्जा दिँदै आएको भने कृषिलाई पहिलो प्राथमिकता दिई कर्जा प्रवाह गर्नु बैंकको मुख्य उद्देश्य रहेको छ। बैंकले भिसा कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, डिम्याट, सी–आस्बालगायतका अन्य सेवा पनि प्रदान गरिरहेको छ। 

कृषि विकास बैंकले बचततर्फ पनि ग्राहकलाई आकर्षक ब्याज दिँदै आएको छ। यस्ता छन् बचत योजना–

बचत निक्षेप खाता 

१.सामान्य बचत खाता 

शून्य मौज्दातमा खाता खोल्न सकिने, आर्कषक ब्याजदर, भिसा कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैकिंङ, डिम्याट, सि–आस्वा लगायतका सेवा उपलब्ध हुने, त्रैमासिक ब्याज भुक्तानी, कुनै पनि परिचयपत्रका आधारमा खाता खोल्न सकिने।

२.समद्धि बचत खाता 

न्यूनतम मौज्दात २५ हजार, निःशुल्क चेकबुक, स्टेटमेन्ट, कुनै पनि शाखाबाट बैंकिङ सेवा लिन सकिने, भिसा डेबिट कार्ड सुविधा (नेपाल र भारतमा मान्य), निःशुल्क एसएमएस अलर्ट सुविधा, मोबाइल बैंकिङ सुविधा, लकर चार्जमा छुट, ७% ब्याजदर।

३. बा–आमा बचत खाता

न्यूनतम मौज्दात ५० हजार, ३० वर्ष भन्दामाथि वा बराबरको उमेर, निःशुल्क चेकबुक र स्टेटमेन्ट, कुनै पनि शाखाबाट बैंकिङ सेवा लिन सकिने, भिसा डेबिट कार्ड सुविधा (नेपाल र भारतमा मान्य), निःशुल्क एसएमएस अलर्ट सुविधा, मोबाइल बैंकिङ सुविधा, भुक्तानी रोक्दा राम्रो छुट, लकर चार्जमा छुट, ७.१०% ब्याजदर।

४ चेतनशील नारी बचत खाता

न्यूनतम मौज्दात १ हजार, निःशुल्क चेकबुक र स्टेटमेन्ट, कुनै पनि शाखाबाट बैंकिङ सेवा लिन सकिने, भिसा डेबिट कार्ड सुविधा (नेपाल र भारतमा मान्य), निःशुल्क एसएमएस अलर्ट सुविधा, मोबाइल बैंकिङ सुविधा, भुक्तानी रोक्दा राम्रो छुट, लकर चार्जमा छुट,६.९०% ब्याज पाइने।

५. कृषक बचत खाता 

न्यूनतम मौज्दात ५००, निःशुुल्क चेकबुक र स्टेटमेन्ट, कुनै पनि शाखाबाट बैंकिङ सेवा लिन सकिने, भिसा डेबिट कार्ड सुविधा (नेपाल र भारतमा मान्य) निःशुल्क एसएमएस अलर्ट सुविधा, मोबाइल बैंकिङ सुविधा, स्टप भुक्तानीमा ५०% छुट र भुक्तानीको लागि राम्रो, लकर चार्जमा ५०% छुट, ६.१०% ब्याज।

६. सेयरहोल्डर बचत खाता

न्यूनतम मौज्दात ५००, निःशुुल्क चेकबुक र स्टेटमेन्ट, कुनै पनि शाखाबाट बैंकिङ सेवा लिन सकिने, भिसा डेबिट कार्ड सुविधा (नेपाल र भारतमा मान्य) निःशुल्क एसएमएस अलर्ट सुविधा, मोबाइल बैंकिङ सुविधा, स्टप भुक्तानीमा ५०% छुट र भुक्तानीको लागि राम्रो, लकर चार्जमा ५०% छुट, ब्याज ६.१०%।

७. स्टाफ रिटायर्डमेन्ट बचत खाता

न्यूनतम मौज्दात शून्य, भिसा डेबिट कार्ड सुविधा (नेपाल र भारतमा मान्य), निःशुुल्क एसएमएस अलर्ट सुविधा, मोबाइल बैंकिङ सुविधा र इन्टरनेट बैंकिङ सुविधा, निःशुुल्क चेकबुक र स्टेटमेन्ट, कुनै पनि शाखाबाट बैंकिङ सेवा लिन सकिने, भुक्तान रोक्नेमा छुट, भुक्तानका लागि राम्रो र लकर शुुल्क, सहज ऋण सुविधा।

८. सबै नेपालीको बचत खाता 

‘खोलौँ बैंक खाता अभियान २०७६’ अन्तर्गत बैंकले यो खाता सञ्चालनमा ल्याएको हो। यसमा ६.०५% ब्याजदर पाइने।

९. कल करेन्ट बचत खाता

न्यूनतम ब्यालेन्स ५ हजार (नेपाली), खाता व्यवस्थापन शाखाभित्र असीमित निकासी र निक्षेप सुविधा, निःशुल्क कुनै पनि शाखा बैंकिङ सेवा २ सय शाखाहरुका लागि (एक निश्चित सीमा भित्र), निःशुल्क चेकबुक र खाता विवरण, निःशुल्क एसएमएस अलर्ट सुविधा, स्मार्ट बैंकिङ सुविधा उपलब्ध (मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ)।

१०. कल अकाउन्ट बचत खाता

विदेशी मुद्रा भएको कल खाता यूएसडी, युुरो र जीबीपी मुद्रामा खोलिएको हुनुपर्छ।

फिक्स्ड डिपोजिट बचत खाता 

११. सामान्य फिक्स्ड डिपोजिट बचत खाता 

यो खाता न्यूनतम १० हजार नेपाली रकममा खोल्न सकिन्छ। परिपक्व भएपछि भुक्तान योग्य, म्याच्युरिटीअगावै मुद्दति निक्षेप निकासीमा दण्डित ब्याज लगाइने, ब्याज त्रैमासिक भुक्तान योग्य गरिने, आयकर ऐन, २०५८ (२००१) बमोजिम बचत निक्षेपको ब्याजबाट स्रोतमा कर कट्टा गरिने, नामांकन सुविधा उपलब्ध, कार्यकाल ३ महिनादेखि ५ वर्षसम्म हुने, ११.०३% ब्याज पाइने।

१२. रेमिट्यान्स फिक्स्ड डिपोजिट बचत खाता 

यो खाता न्यूनतम ५ हजार नेपाली रकममा खोल्न सकिन्छ। परिपक्व भएपछि भुक्तान योग्य, म्याच्युरिटीअगावै मुद्दति निक्षेप निकासीमा दण्डित ब्याज लगाइने, ब्याज त्रैमासिक भुक्तान योग्य गरिने, आयकर ऐन, २०५८ (२००१) बमोजिम बचत निक्षेपको ब्याजबाट स्रोतमा कर कट्टा गरिने, नामांकन सुविधा उपलब्ध, कार्यकाल ३ महिनादेखि ५ वर्षसम्म हुने, यसमा १२.०३% ब्याज पाइने।

१३. स्पेसल फिक्स्ड डिपोजिट बचत खाता 

यो खाता न्यूनतम ५ लाख नेपाली रकममा खोल्न सकिन्छ। परिपक्व भएपछि भुक्तान योग्य, म्याच्युरिटीअगावै मुद्दति निक्षेप निकासीमा दण्डित ब्याज लगाइने, ब्याज त्रैमासिक भुक्तान योग्य गरिने, आयकर ऐन, २०५८ (२००१) बमोजिम बचत निक्षेपको ब्याजबाट स्रोतमा कर कट्टा गरिने, नामांकन सुविधा उपलब्ध, कार्यकाल ३ महिनादेखि ५ वर्षसम्म हुने, यसमा ११.०३% ब्याज पाइने।

१४.मेरो खुुशी मेरो भविष्य फिक्स्ड डिपोजिट बचत खाता 

यो खाता न्यूनतम १० लाख हजार नेपाली रकममा खोल्न सकिन्छ। परिपक्व भएपछि भुक्तान योग्य, म्याच्युरिटीअगावै मुद्दति निक्षेप निकासीमा दण्डित ब्याज लगाइने, ब्याज त्रैमासिक भुक्तान योग्य गरिने, आयकर ऐन, २०५८ (२००१) बमोजिम बचत निक्षेपको ब्याजबाट स्रोतमा कर कट्टा गरिने, नामांकन सुविधा उपलब्ध, कार्यकाल ६ महिनादेखि ५ वर्षसम्म हुने, यसमा ११.०३% ब्याज पाइने।

१५. सेवानिवृत कर्मचारी फिक्स्ड डिपोजिट बचत खाता 

यो खाता न्यूनतम ५ लाख नेपाली रकममा खोल्न सकिन्छ। परिपक्व भएपछि भुक्तान योग्य, म्याच्युरिटीअगावै मुद्दति निक्षेप निकासीमा दण्डित ब्याज लगाइने, ब्याज त्रैमासिक भुक्तान योग्य गरिने, आयकर ऐन, २०५८ (२००१) बमोजिम बचत निक्षेपको ब्याजबाट स्रोतमा कर कट्टा गरिने, नामांकन सुविधा उपलब्ध, कार्यकाल ६ महिनादेखि ५ वर्षसम्म हुने, यसमा ११.०३% ब्याज पाइने।

१६.एनआरएन फरेन करेन्सी फिक्स्ड डिपोजिट बचत खाता 

यो खाता न्यूनतम ५ हजार यूएडसीमा खोल्न सकिन्छ। गैरआवासीय नेपालीले खोल्न मिल्ने, विदेशी पर्यटकले खोल्न मिल्न, विदेशबाट फर्केका नेपालीहरुका लागि, विदेशी मुद्राको आयश्रोत भएका स्वदेशी नागरिकले खोल्न मिल्ने, स्वदेश तथा विदेशबाट अनलाइन माध्यमबाट खोल्न मिल्ने, परिपक्व भएपछि भुक्तान योग्य, म्याच्युरिटीअगावै मुद्दति निक्षेप निकासीमा दण्डित ब्याज लगाइने, ब्याज त्रैमासिक भुक्तान योग्य गरिने, आयकर ऐन, २०५८ (२००१) बमोजिम बचत निक्षेपको ब्याजबाट स्रोतमा कर कट्टा गरिने, नामांकन सुविधा उपलब्ध, कार्यकाल १ वर्षदेखि ५ वर्षसम्म हुने।

१७. करर्पोरेट फिक्स्ड डिपोजिट बचत खाता

यो खाता न्यूनतम १० हजार नेपाली रकममा खोल्न सकिन्छ। परिपक्व भएपछि भुक्तान योग्य, म्याच्युरिटीअगावै मुद्दति निक्षेप निकासीमा दण्डित ब्याज लगाइने, ब्याज त्रैमासिक भुक्तान योग्य गरिने, आयकर ऐन, २०५८ (२००१) बमोजिम बचत निक्षेपको ब्याजबाट स्रोतमा कर कट्टा गरिने, नामांकन सुविधा उपलब्ध, कार्यकाल ३ महिनादेखि ५ वर्षसम्म हुने।

१८. फिक्स्ड डिपोजिट यूएसडी बचत खाता

यो खाता न्यूनतम ५ हजार यूएडसीमा खोल्न सकिन्छ। परिपक्व भएपछि भुक्तान योग्य, म्याच्युरिटीअगावै मुद्दति निक्षेप निकासीमा दण्डित ब्याज लगाइने, ब्याज त्रैमासिक भुक्तान योग्य गरिने, आयकर ऐन, २०५८ (२००१) बमोजिम बचत निक्षेपको ब्याजबाट स्रोतमा कर कट्टा गरिने, नामांकन सुविधा उपलब्ध, कार्यकाल ३ महिनादेखि १ वर्षसम्म हुने, यसमा २% ब्याजदर दिईने।

१९. अक्षय कोष बचत खाता

न्यूनतम मौज्दात १० हजार, जति पनि रकम जम्मा गर्न सकिने, उच्च ब्याजदर, त्रैमासिक ब्याज भुक्तान गरिने, यो खाता मान्य कर्पोरेट तथा गुठीका ग्राहकहरुद्वारा खोल्न सकिने।

२०. कोप कल बचत खाता

सहकारी संस्थाहरुले खोल्ने कल खाताको न्यूनतम मौज्दात रु. ५००० रहेको छ।

२१. छोरीछोरा जीवन समुन्नत खाता

१६ वर्षभन्दा कम उमेरका व्यक्तिहरुका लागि यो खाताको प्रोडक्ट जारी गरेको छ। यस खातामा निश्चित अवधिपश्चात साँवा व्याज जोडी एकमुष्ठ भुक्तानी गरिन्छ। 

२२. एडीबीएल रिकरेन्ट बचत खाता

निश्चित रकम जम्मा गरी निश्चित अवधिसम्म खोल्न सकिन्छ। तोकिएको अवधिपश्चात साँवा ब्याजसमेत एकमुष्ठ फिर्ता हुन्छ। 

२३. लखपति/करोडपति धमाका मुद्दति खाता

हजार जम्मा गरे लाख पाइने र लाख जम्मा गरे करोड पाइने यो खाताको मुख्य विशेषता हो। रेमिट्यान्स खाता खोल्न मिल्ने व्यक्तिहरुले ५६६२६ जम्मा गरी ५ वर्षमा १ लाख भुक्तानी लिन सकिन्छ भने अन्य नेपाली नागरिकले ५९३५५ जम्मा गरी ५ वर्षमा रु. १ लाख लिन सकिन्छ। बैंकको फिक्स डिपोजिटको संस्थागततर्फ ३ महिना बढी अवधि भएकोमा १०.०३% र नविकरणमा १०.१३% ब्याज रहेको छ।

यस्तै बैंकले सोसल सेक्युुरिटी बचत खाता, तलब बचत खाता, फरेन करेन्सी (यूएडी) बचत खाता, रेमिट्यान्स बचत, एनआरएन फरेन करेन्सी बचत खाता पनि सञ्चालन गरेको छ।