काठमाण्डौ । हिन्दु धर्मावलम्बीको महान् चाड विजयादशमी सुरु भइसकेको छ। दसैँमा झन्डै दुई साता बिदा हुने गर्दछ। त्यसैले बडादसैँ उपलक्ष्यमा आफन्तजनका साथै साथीभाइसँग भेटघाट गर्नुका साथै विभिन्न नयाँ रमणीय ठाउँहरु घुम्ने चलन छ।
पर्यटकीय दृष्टिकोणले हेर्दा नेपालको ७ वटै प्रदेशमा घुम्नका लागि रमणीय घुम्ने ठाउँहरु छन्। दसैँको बिदामा घुम्नका लागि कुन ठाउँ जाने भन्ने अन्यौलता पनि उत्तिकै हुन्छ। त्यसैले यस रिपोर्टिङमा पर्यटकीय दृष्टिकोणले घुम्न सकिने नेपालका ५ गन्तव्यहरु समेटिएका छन्।
कन्याम (इलाम)
पूर्वी नेपालको इलाम जिल्लामा रहेको कन्यामको मुख्य आकर्षण सूर्योदय, चियाबारी र घोडाको सवारी रहेको छ। नेपाल साथै अन्य मुलुकबाट हरेक वर्ष लाखौँको सङ्ख्यामा पर्यटकहरु सूर्योदय हेर्न कन्याम पुग्ने गर्छन्। दसैँको बिदामा चिसो मौसममा परिवारजनका साथै साथीभाइसँग रमाइलो गर्न इलामको कन्याम उपयुक्त गन्तव्य मानिन्छ।
सौराहा (चितवन)
बागमती प्रदेशको चितवन जिल्लामा रहेको सौराहा प्राकृतिक दृष्टिकोणबाट घुम्नको लागि रमणीय गन्तव्य मानिन्छ। हात्ती चढेर विश्व सम्पदा सुचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज घुम्न पाउनु नै यहाँको मुख्य आकर्षण रहेको छ। त्यसका साथै जंगल सफारीका लागि सौराहा उपयुक्त गन्तव्य मानिन्छ।
जनकपुरधाम (धनुषा)
धनुषा जिल्लास्थित जनकपुरधाम प्रसिद्ध पर्यटकीय गन्तव्य मात्र नभएर प्रसिद्ध धार्मिक गन्तव्य पनि मानिन्छ। रामजानकी मन्दिरसमेत भएको जनकपुरधाम यस वर्षको दसैँमा घुम्नका लागि उपयुक्त बन्न सक्छ। जनकपुरधाममा घुम्न जाँदा मिथिला संस्कृति र चित्रकलालाई पनि नजिकबाट हेर्न र बुझ्न सकिन्छ।
बर्दिया राष्ट्रिय निकुञ्ज
बाँके जिल्लामा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज प्राकृतिक दृष्टिकोणले रमणीय मानिन्छ। बंगाल टाइगर, कृष्णसार, एक सिङे गैँडा यहाँको मुख्य आकर्षण मानिन्छ। त्यसका साथै बर्दिया घुम्दा थारु संस्कृतिलाई नजिकबाट देख्न र बुझ्न सकिन्छ। दसैँको बिदामा निकुञ्जमा घुम्न जाँदा जंगल सफारी पनि गर्न सकिन्छ।
मुक्तिनाथ मन्दिर (मुस्ताङ)
मुस्ताङ जिल्लामा रहेको मुक्तिनाथ मन्दिर हिन्दु र बौद्ध धर्मावलम्बीहरुको प्रसिद्ध धार्मिकस्थल मानिन्छ। हरेक वर्ष लाखौँको संख्यामा पर्यटकहरु मुक्तिनाथ पुग्ने गर्छन्। दसैँको बिदामा घुम्न मुक्तिनाथ जाँदा मुस्ताङको राजधानी जोमसोममा पनि रमाइलो गर्न सकिन्छ। निलो आकाशको काखमा नजिकैबाट सेता, अग्ला हिमाल देखिने भएकाले मुक्तिनाथ धार्मिक मात्र नभएर प्राकृतिक दृष्टिकोणबाट पनि रमणीय ठाउँ मानिन्छ।
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago