काठमाण्डौ । सिंगापुरको छाङ्गी एयरपोर्ट विश्वकै उत्कृष्ट बन्न सफल भएको छ।
बेलायतको यातायत अनुसन्धान विभागले छाङ्गी ‘वर्ल्ड बेस्ट एयरपोर्ट–२०२३’बाट सम्मानित गरेको हो। यसअघिको कतारको हमाद एयरपोर्टलाई पछि पार्दै छाङ्गी शीर्ष स्थानमा उक्लिन सफल भएको छ।
विभागका अनुसार दोस्रो स्थानमा हमाद एयररपोर्ट परेको रहेको छ। तेस्रो स्थानमा जापनको टोकियो एयरपोर्ट र चौथो स्थानमा दक्षिण कोरियाको इन्चेन एयरपोर्ट रहेको छ।
उत्कृष्ट एयरपोर्टको सूचीमा पेरिसको चाल्र्स डी गाउले पाँचौँ स्थानमा र छैटौँमा टर्कीको इस्तानबुल एयरपोर्ट छन्।
यो सूचीको सातौँ स्थानमा जर्मनीको म्युनिच एयरपोर्ट, आठौँमा स्विट्जरल्यान्डको जुरिच एयरपोर्ट, नवौँमा जापानको नारिता एयरपोर्ट र दसौँमा स्पेनको म्याड्रिड एयरपोर्ट परेका छन्।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
1 day ago
1 day ago