काठमाण्डौ । मिति : सन् २०२१ डिसेम्बर २१। समय : राति ११.२० बजे।
टेस्लाका संस्थापक एलन मस्कले ट्विट गर्दै लेखे, ‘आई लभ ट्विटर।’
मस्कको यो ट्विटप्रति प्रतिक्रिया जनाउँदै अमेरिकी पत्रकार डेभ स्मिथले ‘ट्विटर मनपर्छ भने यसलाई किन खरिद गर्नुहुन्न ?’ भनेर सोधे
मस्कले पनि प्रतिप्रश्न गरे, ‘ट्विटरको मूल्य कति होला ?’
यो घटनाको ५२ महिनापछि गत अप्रिल २५ मा एलन मस्कले ट्विटरलाई ४४ अर्ब डलरमा खरिद गरेका छन्। मस्कले ट्विटरको प्रतिसेयरका लागि ५४.२० डलर खर्च गरेका छन्।
मस्कले ट्विटर खरिद गरेपछि पत्रकार डेभ स्मिथले मस्कसँगको ट्विटर संवाद जीवनभर याद रहने बताएका छन्। उनले ट्विटरमा भएको उक्त संवादको स्क्रिनसट पनि सेयर गरेका छन्।
मस्क र डेभ स्मिथको यो वार्तालाप अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
एलन मस्कले पहिलोपटक गत अप्रिल ४ मा ट्विटरको ९.२ प्रतिशत स्वामित्व खरिद गरेका थिए। गत अप्रिल १५ मा उनले ट्विटरलाई सम्पूर्ण रुपमा खरिद गर्ने प्रस्ताव गरेका थिए।
त्यतिबेला ट्विटरका लगानीकर्तामध्ये एक साउदीका राजकुमार अल बिन तलाल एलनले मस्कको प्रस्ताव नकारेका थिए। तर पछिल्लो ७ दिन निरन्तर ट्विटरको बोर्ड बैठक बस्दै गर्यो र अन्त्यमा बोर्डले मस्कको प्रस्तावलाई स्वीकार्यो। –एजेन्सी
45 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago