काठमाण्डौ । विलियम हेनरी गेट्सलाई संसारले बिल गेट्स भनेर चिन्छ। विश्वका धनीव्यक्तिमध्येका एक बिल गेट्सको अहिले सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ। कारण हो, उनको बायोडाटा।
हो, बिल गेट्सले आफ्नो बायोडाटा (सीभी) सामाजिक सञ्जालमा सार्वज्निक गरेका छन् र त्यो पनि ४८ वर्ष पुरानो।
लगभग सबैजनालाई बायोडाटाबारे थाहा छ। वास्तवमा करिअरतर्फको पहिलो कदम चाल्न बायोडाटा सबैभन्दा महत्वपूर्ण छ। बायोडाटा यस्तो हुनुपर्छ कि यसले तपाइँको योग्यता, अनुभव र सीपहरु केही पृष्ठमा वर्णन गर्दछ।
त्यसैले बिल गेट्सले यस्तै बायोडाटा सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले आजका युवाको बायोडाटा मेरो पुरानो बायोडाटाभन्दा धेरै राम्रो हुनेमा आफू विश्वस्त रहेको बताए। बिल गेट्स त्यतिबेला हार्वर्ड विश्वविद्यालयमा प्रथम वर्षका विद्यार्थी थिए। उनको नाम १०७४ को बायोडाटामा विलियम एच गेट्सका रुपमा लेखिएको छ।
बिल गेट्सले आफ्नो कामको अनुभव आफ्नो बायोडाटामा उल्लेख गरेका छन्। उनले अपरेटिङ सिस्टम स्ट्रक्चर, डाटाबेस म्यानेजमेन्ट, कम्पाइलर कन्स्ट्रक्सन र कम्प्युटर ग्राफिक्सजस्ता कोर्स गरेका छन्।
बिल गेट्सले आफ्नो बायोडाटामा उल्लेख गरेका छन् कि उनीसँग १९७३ मा टीआरडब्ल्यू प्रणाली समूहसँग प्रणाली प्रोग्रामरका रुपमा काम गर्ने अनुभव छ। उनले आफ्नो रिज्युममा फोरट्रान, कोबोल, एल्गोल, बेसिकजस्ता प्रमुख प्रोग्रामिङ ल्यांग्वेजहरुको अनुभवबारे पनि उल्लेख गरेका छन्।
आफ्नो बायोडाटा सार्वज्निक गर्दै गेट्सले लेखेका छन्, ‘चाहे तपाइँ भर्खरको स्नातक होस् वा कलेज छोडेर गएको होस्, म पक्का छु कि तपाइँको बायोडाटा ४८ वर्षअघिको मेरो बायोडाटाभन्दा धेरै राम्रो हुनेछ।’
माइक्रोसफ्टको सुरुआत सन् १९७५ मा बिल गेट्स र पल एलेनले गरेका थिए। आज बिल गेट्स विश्वका सर्वाधिक धनीव्यक्तिको सूचीमा पाँचौँ स्थानमा छन्। लामो समयदेखि उनी विश्वकै धनी व्यक्ति थिए। उनको कुल सम्पत्ति करिब १२४.९ बिलियन डलर छ।
बिल गेट्सले सन् २००० मा कम्पनीको सीईओ पदबाट राजीनामा दिएका थिए। असहायहरुको सहयोगका लागि उनले बिल र मेलिन्डा गेट्स फाउन्डेशन सुरु गरे। गेट्सले सन् २००८ मा माइक्रोसफ्टको जागिर छोडेका थिए। तर, उनी बोर्ड सदस्य मार्च २०२० सम्म कायमै रहेका थिए। –एजेन्सी
3 minutes ago
13 minutes ago
36 minutes ago
56 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago