काठमाण्डौ । एनएमबि बैंकले नेपाली नारीहरुको महान पर्व तीजको सप्ताहका अवसर पारेर आफ्नो ग्राहकले क्यूआर कोड, पोस वा ई–एनएमबि एप प्रयोग गरी विभिन्न स्टोर्स र ब्रान्डको समान खरिद गर्दा १०% वा रु.३०० सम्म क्यासब्याकको अफर ल्याएको छ। 

तीज नेपाली समुदायमा आफन्तजनसँग भेटघाट गरेर, दर खादै र नाचगान गरेर रमाइलोसँग मनाइन्छ। तीजको बेला सार्वजनिक स्थानमा व्यक्ति–व्यक्तिबीच सम्पर्कमा रहँदा कोरोना संक्रमण हुने प्रवल सम्भावना हुने भएकोले यस परिवेशलाई मध्यनजर गर्दै बैंकले आकर्षक अफरहरु आफ्नो ग्राहकमाझ प्रस्तुत गरेको हो। 

छुटसम्बन्धी थप जानकारी एनएमबि बैंकको वेवसाइट www.nmb.com.np को एनएमबि भिजा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ।

बैंकले देशभरिका १८१ शाखा, १३७ एटीएम र ९ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ। बैंक ४ वर्षमा ३ पटक २०१७, २०१८ र २०२० मा बैंक अफ द इयरले सम्मानित भइसकेको छ।