काठमाण्डौ । सरकारको नीति तथा कार्यक्रम आज मंगलबार संघीय संसदमा पेस गरेको छ।
आज अपराह्न ४ बजे संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पेस गरेकी हुन्। नीति तथा कार्यक्रम तयारीका लागि सत्तारुद्ध गठबन्धन दलका नेताहरुले शनिबार आइतबार दुई दिन बैठक बसेर सैद्धान्तिक सहमति दिएका थिए। यही नीति तथा कार्यक्रमका आधारमा सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनेछ।
बजेट यही जेठ १५ गते ल्याइनेछ। गत जेठ ३ गतेबाट सुरु भएको संसदको बजेट अधिवेशनमा आगामी बजेटको सैद्धान्तिक छलफल भइसकेको छ।
नीति तथा कार्यक्रममा विदेशी लगानी भित्र्याउन सहज वातावरण बनाउने, निजी क्षेत्रमैत्री नीति ल्याउने, करको दायरा विस्तार गर्ने, स्वदेशमै उत्पादन सम्भव भएको कृषिजन्य वस्तुको उत्पादनमा जोड दिइएको छ। राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा स्रोतको कमी हुन नदिने गरी नीतिहरु ल्याइएको छ।
नीति तथा कार्यक्रमले सबै किसानलाई उन्नत बीउको उपलब्धता, प्रांगारिक र रासायनिक मलको सुनिश्चितता, स्थानीय तहमा कृषि प्राविधिकको उपलब्धता र बाँझो जमिनमा खेतीपातीलाई प्राथमिकतामा राखेको छ। यो वर्ष कृषिको सरकारको प्राथमिकता उत्पादन बढाएर आयात प्रतिस्थापनमा केन्द्रित रहेको छ। यसका लागि उन्नत बीउ, मल, सिँचाइ र बजारीकरणका कृषि तथा पशु क्षेत्रमा सरकारको ध्यान छ।
यस्तो छ सरकारको नीति तथा कार्यक्रम –
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago