काठमाण्डौ । सेयर बजारमा हुने उतारचढावको प्रभाव म्युचुुअल फण्डहरुलाई समेत पर्छ । लक्ष्मी क्यापिटल मार्केट लिमीटेडले संचालन गरेका दुुई म्युुुचुुअल फण्डहरुको पछि प्रगति विवरणमा समेत बजारको उतारचढावको प्रभाव देखिएको छ । यहीकारण एउटा म्युुचुुअल फण्डको प्रति इकाई खूद मूल्य घटेको छ भने अर्कोको बढेको छ । 

लक्ष्मी इक्वीटी फण्डको प्रति इकाई खूद मूल्य ९ रुपैया ८५ पैसामा झरेको हो । यो असारसम्म कायम मूल्य हो । जेठ मसान्तसम्म यो फण्डको प्रति इकाई खूद मूल्य(नेट एसेट भ्यालूू) ९ रुपैयाँ ९४ पैसा थियो । 

यो अवधिमा यो लक्ष्मी इक्वीटी फण्डले सूचिकृत सेयरमा ३८ करोड ७४ लाख लगानी गरेको छ भने सार्वजनिक निश्कासनमा ९२ लाख ३२ हजार लगानी गरेको छ । यसरी हेर्दा स्किमले कुल ४० करोड ४० लाख ९३ हजार कुल लगानी गरेको छ । 

यस्तै, यो स्किमको बैंकमा ७३ करोड ४७ लाख मौज्दात रहेको छ । मुद्धती निक्षेपको रुपमा ९ करोड बैंक ब्यालेन्स गरेको छ । 

२०७४ असार मसान्तसम्म यो स्किमले १ करोड ६ लाख ७१ हजार आम्दानी गरेको छ । ७४ लाख ९५ हजार कुल खर्च भएको छ । 

यो स्किमले सबैभन्दा बढी कित्ता सानिमा बैंकको सेयर खरीद गरेको छ । यो बैंकको मात्रै २९ हजार ९ सय ९१ कित्ता खरीद गरेको छ । यस्ते, लगानीको हिसाबले सबैभन्दा बढी रकम नेशनल लाइफ इन्स्योरेन्समा लगानी गरेको छ । यो कम्पनीमा मात्र स्किमले २ करोड ८४ लाख रुपैयाँ लगानी गरेको छ । 

उता, लक्ष्मी भ्यालुु फण्ड–१ को प्रति इकाई खुद मूल्य भने बढेको छ । जेठ मसान्तसम्म १३ रुपैयाँ ७४ पैसा रहेको यस्तो मूल्य असार मसान्तसम्म बढेर १३ रुपैयाँ ९८ पैसा पुुगेको हो । 

यो स्किमले असार मसान्तसम्म सूचिकृत सेयरमा ३२ करोड ९४ लाख १९ हजार ८ सय ६६ रुपैयाँ लगानी गरेको छ । सार्वजनिक निश्कासनमा यो फण्डको २८ लाख बढी लगानी छ । 

२६ करोड ६८ लाख बैंक मौज्दात छ भने मुद्धती निक्षेपमा ९ करोड राखेको छ । 

यो अवधिमा स्किमको १६ करोड ११ लाख ४८ हजार ४ सय १९ रुपैयाँ आम्दानी भएको छ । १ करोड ३१ लाख ९९ हजार जम्मा खर्च भई कुल आम्दानी १४ करोड ७९ लाख भएको छ । 

सेयर संख्याको हिसाबले यो स्किमले सबैभन्दा बढी नेपाल दूरसंचार कम्पनी लिमीटेडको  ४७ हजार १ सय ५५ कित्ता खरीद गरेको छ । रकमको हिसाबले सबैभन्दा धेरै लगानी नबील बैंकको सेयरमा ३ करोड ३५ लाख रहेको छ ।