काठमाण्डौ । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म खुद नाफा गत वर्षको यही अवधिको तुलनासम्म ७.३८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म बैंकको खुद नाफा १ अर्ब १४ करोड रुपैयाँ रहेको थियो। 

बैंकको वितरण योग्य मुनाफा ८९ करोड २६ लाख रुपैयाँ रहेको छ। 

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा ७.२८ प्रतिशतले घटेर १ अर्ब ५० करोड रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म बैंकको सञ्चालन मुनाफा १ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो।

दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ९९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी २ अर्ब १६ करोड रुपैयाँ रहेको थियो। 

गत वर्ष यही अवधिमा १ खर्ब ७ अर्ब निक्षेप संकलन गरेकोमा यो वर्ष २.७९ प्रतिशतले बढाएर १ खर्ब १० अर्बरुपैयाँ गरेको छ। त्यस्तै गत वर्ष ९० अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा यो वर्ष ११.८८ प्रतिशतले बढाएर १ खर्ब १ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

दोस्रो त्रैमासमा बैंकको रिजर्भको आकार ६.६२ प्रतिशतले बढेर ३ अर्ब ६८ लाख रुपैयाँको भएको छ। गत वर्ष रिजर्भमा २ अर्ब ८२ करोड रुपैयाँ रहेको थियो।

बैंकले खराब कर्जाको दर पनि ०.४१ प्रतिशतबाट बढेर ०.५८ प्रतिशत पुगेको छ। बैंकको आधार दर ६.८३ प्रतिशत रहेको छ। 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २६.०७ रुपैयाँबाट घटेर २१.९६ रुपैयाँमा झरेको छ। पीई रेसियो १६.७६ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४०.२८ रुपैयाँ रहेको छ।