काठमाण्डौ । आउँदो जुलाई महिनामा नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानका तालिका सार्वजनिक भएको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले जुलाईका लागि अन्तर्राष्ट्रिय नियमित उडानको तालिका स्वीकृत गरेसँगै तालिका सार्वजनिक गरिएको हो। 

पछिल्लोपटक मन्त्रिपरिषद्ले दिएको स्वीकृतिका आधारमा अन्तर्राष्ट्रिय उडानका तालिका तय गरिएको छ। सरकारले भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र कोरियाका लागि निश्चित संख्या तोकी नियमित उडान खोलेको छ।

अनुमति दिइएका मुलुकमा नेपाल र सम्बन्धित मुलुक दुवै मुलुकका वायुसेवा कम्पनीले समान उडान अनुमति पाएका छन्। जसअनुसार नेपालका वायुसेवा कम्पनी नजाने गन्तव्यमा भने सम्बन्धित मुलुकका वायुसेवा कम्पनीको मात्र उडान हुनेछ। 

प्राधिकरणका अनुसार कोरिया, टर्की, कुवेत र ओमान नेपाली वायुसेवा कम्पनी नजाने गन्तव्य हुन्। यी गन्तव्यमा सम्बन्धित मुलुकका वायुसेवा कम्पनीले उडान भर्नेछन्। 

सार्वजनिक तालिकाअनुसार प्रतिसाता कुल २१ अन्तर्राष्ट्रिय उडान हुने छन् ।

यस्तो छ अन्तर्राष्ट्रिय उडान तालिका–