एजेन्सी । हार्ट अट्याक यस्तो प्राणघातक समस्या हो, जसले क्षणभरमै मानिसको ज्यान लिन सक्छ । केही मिनेटमै उपचार पाएन भने बिरामीको ज्यान बचाउन निकै कठिन हुन्छ ।

जब कसैलाई हार्ट अट्याक भयो भनेर सुन्नुहुन्छ तब तपाईको दिमागमा एउटा चित्र अवश्य आउला, त्यस व्यक्तिको अचानक स्वास रोकिन्छ अनि आफ्नो छातिमा हात राखेर भूइँमा ढल्छ । कुनै महिलामा यो समस्या देखियो भने दृष्य अलिक फरक हुनसक्छ ।

यसका बाबजुद् पनि महिला र पुरुषमा हुने हार्ट अट्याकका कैयन समान लक्षण हुन्छन् । यद्यपी युनिभर्सिटी अफ अलाबाका डा. जोसेफ फ्रिट्जले महिला र पुरुषमा हुने हार्ट अट्याकबीच फरक रहेको बताएका छन् ।

महिला र पुरुष दुवैमा देखिने हार्ट अट्याकमा सहनै नसक्नेगरी छातिमा दुखाइ, टाउको दुख्ने, घाँटी, हात र पिठमा पीडा महसुस हुने लक्षण देखिन्छ । यस्तै आकस्मिक थकान, स्वास प्रस्वासमा कठिनाइ, घाटीमा खसखस र बान्ता हुने मध्ये प्राय लक्षण एकसाथ देखियो भने पनि हार्ट अट्याक हुँदै गरेको संकेत पाउन सकिन्छ । यी महिला-पुरुष दुवैमा देखिने समान लक्षण हुन् ।

यसो भन्दैमा फेरि बान्ता, थकाइ, टाउको दुख्नेजस्ता सबै लक्षण हार्ट अट्याकका हुन्छन् भन्ने होइन । हार्ट अट्याक हुँदैछ भने माथिका मध्ये धैरै लक्ष्य एकसाथ देखिने चिकित्सकहरु बताउँछन् ।

डाक्टर फ्रिट्ज भन्छन्, ‘हार्ट अट्याकको लक्षण अलग-अलग हुन सक्छन् । तर सम्भावित लक्षण देखिँदा त्यसालाई सामान्य सोचेर हेलचेक्रयाइ गर्नु हुँदैन ।’

अमेरिकन हार्ट एसोसिएसनका अनुसार पहिलो हार्ट अट्याकपछि एक वर्षभित्रै मृत्यु सम्भावना पुरुषको तुलनामा महिलामा ज्यादा हुन्छ ।

छातिमा सहनै नसक्ने गरी दुख्नु महिला पुरुष दुवैमा हुने हार्ट अट्याकको प्राथमिक लक्षण हो । महिलामा केही असामान्य र अनौठो लक्षण पनि देखिन सक्छ । जस्तो कि जा पेन, नसा या कमजोरी महसुस हुनु पनि महिलामा हार्ट अट्याकको लक्षण हुनसक्छ । स्टेट युनिभर्सिटीकी डा. लक्ष्मी मेहताले भनिन्, ‘यस्तो लक्षण बिरामी र डा. दुवैका लागि निकै चुनौतिपूर्ण हुनसक्छ ।