काठमाण्डौ । आफ्नो व्यवसायबाट मानिस रातारात करोडपति भएको त सुन्नुभएकै होला । तर, आज हामी तपाईंलाई यस्तो कम्पनीको बिषयमा बताउन गइरहेका छौ, जो आफैं पनि करिब ३ लाख करोड रुपैयाँ कुल सम्पत्तिको कम्पनी बन्न सफल भएको छ र यसले आफूसँग जोडिएका २ हजार व्यक्तिलाई करोडपति बनाइदिएको छ । त्यस्तो कम्पनी हो चिनको निकै चर्चित र ठूलो इकमर्स कम्पनी अलीबाबाको एक भेञ्चर कम्पनी ताओबाओ डटकम । अलीबाबाको यो भेञ्चर कम्पनीले २ हजार बढी  व्यक्तिलाई करोडपति बनाइदिएको छ । यो कम्पनीको सफलताको कथाबाट तपाईले समेत आम्दानीको टिप्स सिक्न सक्नुहुनेछ । 

अनलाइन मलबाट मालामाल !
अलीबाबाले सन् २००८ मा ‘ताओबाओ’ नामको अनलाइन मलको सुरुवात गर्यो । यो एक निकै नौलो मल थियो । यहाँ तपाईं जुनसुकै वस्तु खरीद गर्न सक्नुहुन्छ । अलीबाबाको यो फर्मुला रातारात हिट भयो र करिब ३ वर्षकै अन्तरालमा कम्पनीको मार्केट सेयर ८ प्रतिशतबाट बढेर ५९ प्रतिशत पुग्यो । 

अनलाइन मलको सफलता देखेर कम्पनीले यसलाई अलग्गै डोमेनबाट लञ्च गर्यो । जसको नाम राखियो ‘टिमाल डटकम’ । टिमालको हस्तकलाका सामाग्री अहिले चीनको प्रत्येक घरमा पुगेको विश्वास गरिन्छ । 

कम्पनीले यो मलको सामान घर–घरमा पुर्याउनका लागि बिक्रेताहरु नियुक्त गर्यो । तर चाखलाग्दो विषय यो हो कि कम्पनीले जस–जसलाई बिक्रेताकोरुपमा छनौट गर्यो, ती कोही पनि व्यवसायिक सेलर थिएनन् । कम्पनीले चिनको हुआझी हिङ गाउँका मानिसलाई बिक्रेताको रुपमा छनौट गर्यो, कारण यो गाउँका मानिस हस्तकलाका सामान बनाउन निकै माहिर थिए । कम्पनीले यी गाउँका मानिसलाई आफूसँग जोड्ने काम गर्यो र त्यसपछि यहाँका मानिस आफ्ना हस्तकलाका सामान कुनै उद्योगलाई दिन छाडेर इकमर्स अनलाइन टिमाललाई दिन थाले । उद्योगबाट २० प्रतिशत मात्र कमाई हुँदै आएकोमा यी गाउँबासीलाई अलीबाबाले ४० प्रतिशतसम्म कमिसन दियो । 

ठूलो प्लेटफर्मलेबाट ठूलै मुनाफा
अलिबाबाको यो युनिक भेञ्चरले जसरी कम्पनीलाई मुनाफा दिलायो, उसैगरी सो गाउँका मानिसहरुको आम्दानीमा समेत तीव्र गतिमा सुधार गरिदियो । कम्पनीले आफ्नौ पाँचौ वार्षिकोत्सवको अवसरमा एक शानदार पार्टी समेत दियो । यो पार्टीमा ताओबाओको बिस्तार योजनाको बिषयमा केही महत्वपूर्ण घोषणाहरु भए । कम्पनीले बिस्तारको घोषणा गर्दा यी गाउँका मानिसहरुलाई समेत नयाँ अवसर प्राप्त भयो । कम्पनीले यहाँका २ हजार व्यक्तिलाई आफ्नो सेवा बिस्तारका लागि पार्टनरको रुपमा छनौट गरेर भाग्यको ढोका खोलिदियो । 

सेवा बिस्तारसँगै यी २ हजार व्यक्तिको मुनाफा ४ गुणासम्म वृद्धि भयो । सन् २०१२ पछि ताओबाओले उत्पादनको रेञ्ज ४० प्रतिशतले बढायो । बिस्तारपछि बनेको कम्पनीमा यी २ हजार व्यक्तिलाई सेयर होल्डर बनाइयो । 

एकैदिन बिक्री भयो ५३८ करोडको सामान !
सन् २०११ मा ‘चाइना सिङ्गल डे’ नामबाट एकदिने विशेष स्कीम लञ्च गरिएको थियो । यो एकदिनमा ताओबाओ डटकम र टिमाल डटकमले केवल ८ मिनेटको अवधिमा करिब १ सय ६० करोड रुपैयाँको सामान बिक्री गरेका थिए । 

चाइना सिंगल डेलाई हाल चीनको इकमर्स क्षेत्रको सबैभन्दा महत्वपूर्ण र ठूलो दिनको रुपमा मानिन्छ, जुन अमेरिकाको ‘साइबर मण्डे’ भन्दा पनि धेरै ठूलो र वृहत थियो । यो एक दिनमा एक बिक्रेताले करिब १ करोड २८ लाखको कमाई गर्न सफल भयो । आज यो कम्पनीसँग जोडिएका प्रत्येक बिक्रेताको कमाई करोड माथि छ । यसैगरी, कम्पनीको कुल नेटवर्थ ३ लाख करोड रुपैयाँ भन्दा माथि पुगिसकेको छ । 

निश्कर्ष : युनिक आइडिया र उत्पादन डिजिटल प्लेटफर्ममा लैजानुहोस्


नेपालमा पनि थोरै संख्यामै भए पनि इकमर्स कम्पनीहरु खुलेका छन् । यसका बिक्रेताहरु समेत दिनप्रतिदिन बढिरहेका छन् । उनीहरुले राम्रो कमाई गरिरहेका छन् । ताओबाओको माध्यमबाट भएको कमाई एउटा ठूलो उदाहरण हो, जसले नयाँ केही गरौं भन्ने नेपालीहरुका लागि समेत राम्रो पाठ हुनसक्छ । 

यदि तपाईं पनि यस्तै सेलर(बिक्रेता) बनेर पैसा कमाउन चाहनुहुन्छ भने कुनै फरक र अनौठो चिजमा ध्यान केन्द्रीत गर्नुहोस् । व्यापारी भएर नसोच्नुहोस्, बरु तपाईंमा रहेको अनौठो चिज बनाउने क्षमतालाई अनलाइनमार्फत अरुमाझ फैलाउनुहोस् । 
नेपाल हस्तकलाका लागि प्रख्यात देश पनि हो, यदि यस्ता उत्पादन र कलालाई समेत डिजिटल प्लेटफर्ममा पुर्याउन सक्ने हो भने हामी पनि आर्थिक रुपमा निकै माथि पुग्ने निश्चित छ । 

जस्तो कि यदि तपाई राम्रो पेन्टर हुनुहुन्छ भने आफ्नो पेन्टिङहरुलाई तपाई यस्तै डिजिटल प्लेटफर्ममा राख्ने गर्नुहोस् । तपाईंलाई थाहा छैन होला, नेपाली पेन्टरहरुको पेन्टिङ खरीद गर्ने विदेशीहरुले त्यसलाई डिजिटल प्लेटफर्ममा राखेर लाखौं रुपैयाँ कमाइरहेको हुन्छ । 

हामीमा उपलब्ध मौलिक र ऐतिहासिक हस्तकलाका सामानहरुलाई यस्तो प्लेटफर्ममा प्रवेश गराउन सकियो भने त त्यसले विश्वभरि नै धूम मच्चाइदिनसक्छ र तपाईंको करोडपतिको सपना साकार हुन कुनै बेर लाग्नेछैन ।