काठमाण्डौ । नेपालका लागि याडिया ब्रान्डका ई–स्कुटरको आधिकारिक बिक्रेता कुजु नेपाल प्रालिले ‘बम्पर फिफा वर्ल्डकप’ अफर ल्याएको छ।
यो अफर यस विश्वकप २०२२ मा खरिद गरिएका सबै याडिया ब्रान्डका ई–स्कुटरका मोडेलहरुमा लागू हुने कम्पनीले गरेको छ।
हरेक याडिया ब्रान्डका ई–स्कुटरको खरिदमा रु. २० हजार छुटका साथै भाग्यशाली विजेताका लागि गोलाप्रथाबाट पुरस्कृत गरिनेछ। जसअनुसार प्रथम पुरस्कार LG 43UP7550 43” UHD 4k स्मार्ट एलईडी टीभी रु..९० हजार १९० मूल्यबराबरको हुनेछ भने दोस्रो पुरस्कारमा LG 32LQ636LB 32” स्मार्ट एलईडी टीभी रु. ५५ हजार ६९० मूल्याबराबरको र तेस्रो पुरस्कार LG GLD201ALLB.APZQ रेफ्रिजरेटर १९० लिटर रु.४१ हजार १९० मूल्यबराबरको वितरण गरिने कम्पनीले जनाएको छ।
प्रत्येक याडिया ई–स्कुटरको खरिदमा प्रत्येक ग्राहकलाई उपहारहरुको व्यवस्था गरिएको र आफ्नो कुनै पनि ब्रान्डका दुई पांग्रेस सवारीसाधनमा स्थलगत मूल्यांकनको एक्सचेन्ज अवसर पनि उपलब्ध हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
22 hours ago
22 hours ago
22 hours ago
23 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago