काठमाण्डौ । विश्वमा घुमफिर गर्ने सौख राख्नेहरुको संख्या बढ्दै गएको छ। कोरोना महामारी साम्य बन्दै जाँदा अझै धेरै मानिसहरुलाई विभिन्न देशमा घुम्न निस्किन थालेका छन्।
यसै परिप्रक्षेपमा हालै बेलायतस्थित एउटा बीमा कम्पनी ‘विलियम रसेल’ले केही दिनअघि ‘सेफेस्ट सिटी इन द वर्ल्ड’ प्रतिवेदन सार्वजनिक गरेको थियो। प्रतिवेदनअनुसार एसिया, युरोप तथा अमेरिकाका केही सहर यात्राका लागि सुरक्षित सहरमा परेका छन्।
कम्पनीले राजनीतिक स्थिरता तथा शान्ति, स्वास्थ्य र सुरक्षालगायत मापदण्ड तय गरी त्यहाँ यात्रा गर्ने यात्रुसँगको अन्तर्क्रियाका आधारमा उक्त प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनअनुसार यात्राका लागि सुरक्षित सहरमा ताइवनको ताइपेई पहिलो स्थानमा परेको छ। यो सहरले ती मापदण्डमा १०० अंकमा ८४.७८ अंकले पाएको छ।
त्यस्तै दोस्रोमा जापानको टोकियो र चेक रिपब्लिकको प्रागई तेस्रो स्थानमा छन्। यी सहरले क्रमशः ७५.५९ अंक र ७५.४३ अंक पाएका छन्।
यात्राका लागि सुरक्षित सहरमा डेनमार्कको कोपनहेगन चौथो स्थानमा, सिंगापुर पाँचौँ स्थानमा, भियाना छैटौँ स्थानमा, लिस्बन सातौँ स्थानमा, म्याड्रिड आठाँै स्थानमा, सिड्नी नवौँ स्थानमा र टोरोन्टो दसौँ स्थानमा छन्। –एजेन्सी
7 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago