काठमाण्डौ । रिलायन्स जियोले लन्च भएको ६ वर्ष पूरा भएको छ।
सन् २०१६ सेप्टेरम्बर ५ मा रिलायन्स इन्डस्ट्रिजले दूरसञ्चार क्षेत्रमा पाइला राख्दा जियो सुरु गर्यो। पछिल्ला ६ वर्षमा जियोले टेलिकम उद्योगलाई पूर्ण रुपमा परिवर्तन गरिदिएको छ। अब डाटाको कुरा गरौँ। जियोको आगमनअघि दूरसञ्चार उद्योगको ध्यान कलमा थियो।
जियो आउनुअघि नै भारतमा सामाजिक सञ्जालको उपस्थिति थियो। तर, यसलाई आमजनताको पहुँचमा पुर्याउन जियोको ठूलो योगदान छ। दूरसञ्चार उद्योगलाई परिवर्तन गर्ने जियोको आइडिया कहाँबाट आयो ? तपाइँले यो धेरैपटक सुन्नुभएको छ कि हरेक ठूला व्यवसाय एक सानो विचारबाट सुरु हुन्छ।
जियोमा पनि त्यस्तै भयो। जियो रिलायन्स इन्डस्ट्रिजको एक हिस्सा हो। जुन मुकेश अम्बानीद्वारा सुरु गरिएको हो। यो जानकारी सबैलाई थाहा छ। तर, मुकेश अम्बानीको दिमागमा जियोजस्तो सेवा सुरु गर्ने विचार कहाँबाट आयो ? यसको जबाफ मुकेश अम्बानीले नै दिएका छन्।
जियोको आइडिया कसले दियो ?
सन् २०१८ मा मुकेश अम्बानीले लन्डनमा भएको एक कार्यक्रममा यो जानकारी दिएका थिए। उनले भनेका थिए, ‘मैले जियोको आइडिया मेरी छोरी ईशाबाट पाएको हुँ।’
सन् २०११ मा येल युनिभर्सिटीमा पढ्दै ईशा छुट्टी मनाउन घर आएकी थिइन्। आफ्नो पाठ्यक्रमसँग सम्बन्धित काम गर्नुपर्यो। त्यसपछि उनले भनिन्, ‘यहाँ इन्टरनेट निकै खराब भएको छ।’
त्यो बेला आकाश अम्बानीले भनेका थिए कि कलिङ सेवाका दिन अब पुरानो भइसकेका छन् र आउने समय इन्टरनेटको हो। मुकेश अम्बानीले इभेन्टमा भनेका थिए कि सन् २०११ मा इन्टरनेट स्पिड निकै सुस्त थियो। उच्च गतिको इन्टरनेट महँगो र आमभारतीयको पहुँचभन्दा बाहिर थियो। जियो यहाँबाट सुरु भयो।
६ वर्षमा बजार फेरियो
सन् २०१६ मा बजारमा आएको जियोद्वारा भारतीय टेलिकम बजारमा भएको द्रुत विस्तारको कल्पनामात्र गर्न सकिन्छ। जियोले फरक दृष्टिकोणका साथ भारतीय बजारमा प्रवेश गरेको छ। कम्पनीले आफ्ना योजनामार्फत कलिङ र एसएमएस सेवा लगभग निःशुल्क राखेको छ र डेटामा पूर्ण रुपमा ध्यान केन्द्रित गरेको छ।
जियोले केही दिनमै यसको फाइदा पायो तर यी केही दिन कम्पनीका लागि चुनौतीपूर्ण पनि थिए। बीचमा एक समय थियो जब अन्य कम्पनीको दबाबमा जियोले फ्री कलिङ सेवा बन्द गर्नुपर्यो।
त्यतिबेला जियोले अन्य टेलिकम अपरेटरलाई ६ पैसा प्रतिमिनेट तिर्नुपर्ने थियो। कम्पनीले आफ्ना ग्राहकबाट पनि सोही शुल्क लिएको थियो। तर, यो प्रक्रिया लामो समय टिक्न सकेन र चाँडै निःशुल्क कलको युग फर्कियो। –एजेन्सी
24 minutes ago
31 minutes ago
36 minutes ago
43 minutes ago
1 hour ago
1 hour ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago