काठमाण्डौ । दुई लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज पुस ११ गते अन्तिम मौका रहेको छ।

महुली लघुवित्त र विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि यी दुवै लघुवित्तले भोलि पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज पुस ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी लघुवित्तको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्। 

महुली लघुवित्तले यही पुस २४ गते आफ्नो नवौँ वार्षिक साधारणसभा डोकेको छ। सोही सभाले प्रस्तावित २६ प्रतिशत बोनस सेयर अनुमोदन गर्नेछ। 

सभाले प्रिमियममा एफपीओ जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ। यसैगरी विजय लघुवित्तले पनि यही पुस २४ गते नवौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २१.०९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २०.०३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०६ प्रतिशत नगद लाभांश रहेका छन्।