काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा दुई जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै आवेदन दिएका छन्।

सेबोनसँग ङादी ग्रुप पावर र बरुण हाइड्रोपावरले हकप्रद सेयर निष्कासनको अनुमति मागेका हुन्। यी दुई कम्पनीले हालै विद्युत नियमन आयोगले हकप्रद सेयर निष्कासनका लागि स्वीकृति प्रदान गरेको थियो।

ङादी ग्रुप पावरले १ः१.५ अनुपातमा हकप्रद सेयर निष्कासनको अनुमति मागेको छ। सेबोनले अनुमति दिएमो यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद आफ्ना सेयरधनीहरुलाई जारी गर्नेछ। 

यो हकप्रदको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। 

यसैगरी बरुण हाइड्रोपावरले १ः१ अनुपातमा हकप्रद निष्कासनका लागि सेबोनसँग अनुमति मागेको छ। सेबोनले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ। 

यो हकप्रदको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।