काठमाण्डौ। कर पनि जीवनको एउटा हिस्सा हो। कर हाम्रो आर्थिक इकोसिस्टमको महत्वपूर्ण भाग हो। यसले जीवनको गुणस्तरको आधार निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्छ। 

नेपाल सरकारले पनि आफ्ना नागरिकबाट संस्थागत र व्यक्तिगत आम्दानीका हिसाबले कर उठाउँदै आएको छ। कतिपय अवस्थामा कर छुटको व्यवस्था पनि गरेको छ। तर, के तपाइँले कहिल्यै सोच्नुभएको छ कि यस्ता देशहरु पनि छन्, जहाँका नागरिकले तपाइँभन्दा दोब्बर कर तिर्नुपर्छ। योसँगै कतिपय देश यस्ता पनि छन्, जहाँका जनताले कर तिर्न ठूलो छुट पाउँछन् ? 

वर्ल्ड पोपुलेसन रिभ्युले गरेको सर्वेक्षणअनुसार विश्वमा कुन देशका जनताले सबैभन्दा बढी कर तिर्नुपर्ने र कर बचतका हिसाबले कुन देश स्वर्ग बनेको खुलासा गरेको छ। 

आइभेरी कोस्ट वा कोट डी आइभर पश्चिम अफ्रिकामा अवस्थित एउटा देश हो। जहाँका जनता उच्च कर तिर्नुपर्छ। आइभेरी कोस्ट यसको पुरानो नाम हो। यो देश कोको बिन्सको सबैभन्दा ठूलो निर्यातकर्ता हो। यो देशका जनताले ६० प्रतिशत करको दरमा सबैभन्दा बढी व्यक्तिगत कर तिर्नुपर्छ। त्यहाँ बिक्री र कर्पोरेट कर अन्य देशको तुलनामा अलि कम छ। तर, व्यक्तिगत करमा यो देश अगाडि छ।

यी १० देशमा उच्च कर

  • आइभेरी कोस्ट (६० प्रतिशत)
  • फिनल्यान्ड (५६.९५ प्रतिशत)
  • जापान (५५.९७ प्रतिशत)
  • डेनमार्क (५५.९० प्रतिशत)
  • अस्ट्रिया (५५ प्रतिशत)
  • स्विडेन (५२.९२ प्रतिशत)
  • अरुबा (५२ प्रतिशत)
  • बेल्जियम (५० प्रतिशत)
  • इजरायल (५० प्रतिशत)
  • स्लोभेनिया (५० प्रतिशत)

यी १० देश कर बचतका लागि स्वर्ग

विदेशी लगानीकर्तालाई धेरै कम कर दर प्रस्ताव गर्ने देशहरु पनि छन्। त्यस्ता देशले विदेशी लगानीकर्ताका तर्फबाट विभिन्न शुल्क र कम कर दर लगाएर पुँजी प्रवाह प्रस्ताव गर्छन्।
  • लक्जमबर्ग
  • केम्यान आइल्यान्ड
  • आइले अफ म्यान
  • जर्सी
  • आयरल्यान्ड
  • मौरिसस,
  • बर्मुडा
  • मोनाको
  • स्विट्जरल्यान्ड
  • बहामास