काठमाण्डौ । विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुमा ठूलो संख्यामा जागिर खुलेको छ।
एनआईसी एसिया बैंक, महालक्ष्मी विकास बैंक, गोखार्ज फाइनान्स र सगरमाथा इन्स्योरेन्समा जागिर खुलेको हो।
एनआईसी एसिया बैंकले विभिन्न विभागमा काठमाण्डौका लागि असिस्टेन्ट, सिनियर असिस्टेन्ट, सुपरभाइजर, जुनियर अफिसर, अफिसर र सिनियर अफिसरका लागि दरखास्त खुलाएको छ।
बैंकले चार्टर्ड अकाउन्टेन्ट, कर्पोरेट मार्केटिङ, डिजिटल फ्याक्ट्री/पेमेन्ट इम्पिमेन्टेसन, डिजिटल वेब च्यानल म्यानेजमेन्ट र डिजिटल एक्विजिसनका लागि केही कर्मचारीहरुका लागि दरखास्त खुलाएको हो।
यीमध्ये चार्टर्ड अकाउन्टेन्टका लागि चार्टर्ड अकाउन्टेन्स कोष पूरा गरेको हुनुपर्नेछ भने बाँकी पदका लागि कम्तीमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ। स्नातकोत्तर गरेका प्राथमिकता दिइने बैंकले जनाएको छ।
इच्छुक उम्मेदवारले बैंकको वेबसाइटमा गएर आवश्यक कागजपत्रसहित अनलाइन आवेदन दिन सक्नेछन्। आवेदन दिने म्याट आउँदो अप्रिल ६ सम्म तोकिएको छ।
यसैगरी महालक्ष्मी विकास बैंकले डिपोजिट मार्केटिङ डिपार्टमेन्टका लागि एकजना डिपार्टमेन्ट हेडका लागि दरखास्त खुलाएको छ। यो पदमा व्यवस्थापनमा स्नातकोत्तर तह उत्तीर्ण गरी कम्पतीमा ५ वर्ष कुनै वाणिज्य बैंकमा काम गरेको अनुभवन भएकाले आवेदन दिन सक्नेछन्।
यसैगरी बैंकले मुख्य कार्यालय र सबै प्रदेशमा रहेका शाखाहरुका लागि केही डिपोजिट रिलेसनसिप म्यानेजर पदका लागि दरखास्त खुलाएको छ। यो पदका लागि व्यवस्थानमा कम्तीमा स्नातक गरेको हुनुपर्नेछ।
इच्छुक उम्मेदवारले महालक्ष्मी बैंकको वेबसाइटमा गएर अनलाइन अवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद यही मार्च २९ तारिखसम्म रहेको छ।
यसैगरी गोर्खाज फाइनान्सले उपत्यकाभित्र र सर्लाहीको बरहथवा शाखाका लागि केही शाखा प्रबन्धकहरुका लागि दरखास्त खुलाएको छ। दरखास्त दिन इच्छुक उम्मेदवारले कम्तीमा व्यवस्थापनमा स्नातक गरी ५ वर्ष सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव हुनुपर्नेछ।
फाइनान्सले हेड अफिसका लागि एकजना लोन रिकभरी हेडका लागि दरखास्त खुलाएको छ। यो पदका लागि व्यवस्थापन, बैंकिङ, फाइनान्स वा बिजनेस एड्मिस्ट्रेसनमा स्नातकोत्तर तह उत्तीर्ण गरी कम्तीमा १० वर्ष कार्यानुभव हुनुपर्नेछ।
इच्छुक उम्मेदवार गोर्खाज फाइनान्सको वेबसाइटमा गएर अनलाइन आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद आउँदो अप्रिल ६ सम्म रहेको छ।
सगरमाथा इन्स्योरेन्सले पनि क्लेम्ज शाखामा म्यानेजर, अफिसर, जुनियर अफिसर, कस्टमर केयर शाखामा अफिसर र जुनियर अफिसर, एचआर शाखामा असिस्टेन्ट म्यानेजर, अफिसर, जुनियर अफिसर र लिगल शाखामा अफिसर र जुनियर अफिरस पदमा १÷१ जनाका लागि दरखास्त खुलाएको छ।
सगरमाथाले उपत्यकाभित्र र बाहिर रहेका शाखाहरुका लागि केही शाखा प्रमुख, मार्केटिङ विभागमा केही असिस्टेन्ट मेनेजर, सिनियर अफिसर, अफिसर र जुनियर अफिसर, सिनियर डेभलमेन्ट अफिसर, डेभलपमेन्ट अफिसर र ट्रेनी डेभलपमेन्ट अफिसरका लागि दरखास्त खुलाएको छ। यी सबै पदमा कम्तीमा सम्बन्धित विषयमा स्नातक गरेको हुनुपर्नेछ। स्नातकोत्तर तह उत्तीर्णलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।
इच्छुक उम्मेदवारले कम्पनीको वेबसाइटमा गएर अनलाइन आवेदन दिनुपर्नेछ। आवेदन दिन अन्तिम म्याद मार्च ३० सम्म तोकिएको छ।
5 minutes ago
17 minutes ago
38 minutes ago
49 minutes ago
58 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago