काठमाण्डौ । तपार्इंलाई यो सुनेर पत्यार नलाग्न सक्छ कि, केएफसिको ११ मसालाको रेसिपी एक सुरक्षित बाकसमा बन्द गरेर राखिएको छ । केएफसी अर्थात केन्टुकी फ्राइड चिकेनसँग जोडिएका कयौं यस्ता कुराहरु छन्, जसको बारेमा सायद तपाईलाई जानकारी नहुन सक्छ । बिक्रीको हिसाबले विश्वकै दोश्रो सबैभन्दा ठूलो फास्ट फूड फ्रेञ्चाइजी केएफसीको बारेमा केही पाँच रोचक तथ्य हामी बताइरहेका छौ । 

१. केएफसीको ११ मसलाको मिश्रण बाकसमा बन्द
धेरैलाई थाहा नहुन सक्छ, केएफसी चिकनको ११ मसलाको सिक्रेट रेसिपी एक निकै सुरक्षित बाकसमा बन्द गरेर राखिएको छ । यो बाकस कम्पनीको हेडक्वार्टर अमेरिकाको लुइसविलमा रहेको छ । यो बाकसमा मसलाको सही मात्रा र यसलाई बनाउने तयारीको सूत्र समेत राखिएको छ । कम्पनीले यो सिक्रेट रेसिपीको पेटेन्ट दर्ता समेत गराएको छैन, कारण पेटेन्टमा दर्ता भएपछि कम्पनीले पटक–पटक नवीकरण गरिरहनुपर्छ । कम्पनीका अनुसार ११ सिक्रेट मसालाको मिश्रणमा नून र कालो मरिच सामेल छ, तर बाँकी ९ मसला अझै पनि टप सिक्रेटमै राखिएको छ । यी ९ गोप्य मसलाको बिषयमा कसैलाई पनि कुनै ज्ञान छैन । 

२.कम्पनी खुलेको १५ वर्षपछि बिकेको थियो बाल्टिन


केएफसीमा गएर बाल्टिन लिनु आजकाल निकै सामान्य कुरा हो । तर केएफसीको सञ्जाल सुरु भएपछि पहिलो बाल्टिन १५ वर्षपछि मात्रै अर्थात सन् १९५७ मा बिक्री भएको थियो । यस्तो यसकारण भयो कि त्यसभन्दा अघि केएफसीले आफूले प्रयोग गरेको बाल्टिन समेत बिक्री गर्दैन थियो । १९५७ मा पहिलोपटक कम्पनीले बाल्टिन बिक्रीको अफर सार्वजनिक गरेको थियो । 

३. केएफसी र पिज्जाहट एउटै कम्पनीको ब्राण्ड


केएफसीको मातृ(प्यारेन्ट) कम्पनीको नाम यम ब्रेण्ड हो । यसको हेडक्वार्टर, लुइसविलको केन्टुकीमा छ । यो ब्राण्डसँगै केएफसी र पिज्जा हट पनि आउँछ । यम ब्रेण्ड विश्वका १२५ भन्दा बढी देशका ४१ हजारभन्दा धेरै रेष्टुरेन्टहरुमा छ । सन् २०१४ को फरच्यून ५०० को लिस्टमा यम ब्रेण्डको स्थान २२८ औं स्थानमा थियो । यसैगरी, यो वर्ष कम्पनीको राजश्व मात्र १३०० करोड डलर थियो । २०१४ पछि कम्पनीले अमेरिकाभन्दा बाहिर हरेक दिनजसो औसतमा ५ वटा जति नयाँ रेष्टुरेन्ट खोल्दै आएको छ । पिज्जा हटको भारतमा मात्रै ४ सयभन्दा बढी रेष्टुरेन्टहरु छन् । कम्पनीले जारी वर्ष २०१६ को मे महिनामा मात्र १ सयभन्दा बढी आउटलेट खोल्ने योजना बनाइरहेको छ ।

४.चिकेन मात्र बेच्दैन केएफसी


भारत लगायतका देशमा केएफसी चिकेनका लागि लोकप्रिय छ । तर विश्वका अन्य देशहरुमा यो कम्पनी अन्य चिजहरु समेत बिक्री गर्छ । जसरी बर्गरका लागि म्याक डोनाल्डलाई चिनिन्छ, यसैगरी फ्राइड चिकेनका लागि केएफसीको नाम जोडिन्छ । आफ्नो व्यापारलाई मजबुत बनाइराख्न केएफसी फ्राइड चिकेन अलावा दुनियाँका विभिन्न देशमा अन्य चिजहरु समेत उत्पादन गर्छ । केएफसी पाकिस्तानमा चामल, मिडल इस्टमा अदूवाको सेण्डवीच, मलेशियामा चिकेन मिटबल सूप र पेरुमा ‘इनका कोला’ नामको हलुका पेय पदार्थ समेत बिक्री गर्छ । 

५.जापानी केएफसीमा क्रिसमस 


जापानमा क्रिसमस केएफसीमा मनाउने चलन छ । जापानका अधिकांश मानिस क्रिसमसको अवसरमा परिवारलाई केएफसीको रेष्टुरेन्ट लिएर जान्छन् र साँझको खाना केएफसीमै खान चाहन्छन । यस्तो चलन केएफसीले ४० वर्षअघि जापानमा चलाएको एउटा अभियानको नतिजा हो । जुनबेला क्रिसमसको डिनर २ महिनाअघि नै बुक गर्न आह्वान गरिएको थियो । जापानका सर्वसाधारण अक्टोबर महिनादेखि नै केएफसीमा क्रिसमस मेनुको स्पेशल डिनर बुक गर्ने दौडधूपमा हुन्छन् । 

र, यो पनि...............
–केएफसी एक मल्टिनेशन कम्पनी हो, जसको मुख्यालय अमेरिकामा छ 
–बिक्रीको हिसाबले केएफसी भन्दा अगाडि मात्र म्याकडोनाल्ड रहेको छ 
–केएफसीको आउटलेट ६ अलग–अलग महाद्वीपमा अवस्थित छ 
–केएफसीको फ्राइड चिकेनमा निकै यूनिक टेस्ट आउँछ

एजेन्सीको सहयोगमा