काठमाण्डौ । त्यसो त ९ वर्षको उमेर बच्चाका लागि खेल्ने, कुद्ने र पढ्ने बेला हो। तर केही यस्ता बच्चा पनि छन्, जसले यो उमेरमा पैसा नै कमाउन थालेका छन्।

यस्तै एक बालक हुन् रेयान काजी। उनले ६ वर्षकै उमेरदेखि पैसा कमाउन सुरु गरेका थिए। 

तपाइँ सोचिरहनुभएको होला ९ वर्षे बच्चा कति नै कमाउँछ होला र ? तर रेयानको कमाइ थाहा पाउनुभयो भने तपाइँ होस उड्नेछ। उनको कमाइ सयौँ वा हजारौँ रुपैयाँ पनि होइन बरु करोडौँमा हुनेछ गरेको छ।

फोब्र्स त्यस्ता मानिसको सूची तयार गरेको छ, जसले युट्युबका माध्यमबाट सबैभन्दा धेरै कमाइ गरेका छन्। यो सूचीमा रेयान अग्रस्थानमा छन्। यो वर्ष उनको कमाइ ३० मिलियन डलर अर्थात ३५२ करोड रुपैयाँ पुगेको छ। 

त्यसो त फोब्र्सको यो सूचीमा रेयान विगत ४ वर्षदेखि समावेश हुँदै आएका छन्।

रेयान केही वर्षयता करोडौँ रुपैयाँ कमाइरहेका छन्। उनले केवल ३ वर्षको उमेरदेखि नै आफ्नो भिडियो युट्युबमा सेयर गर्न थालेका थिए। केही वर्षयता उनको भिडियो युट्युबमा यति लोकप्रिय छ कि भ्युज र लाइक्स मनग्य आउने गरेका छन्।

सन् २०१९ मा पनि रेयानले २६ मिलियन डलर अर्थात करिब २८८ करोड रुपैयाँ युट्युबबाट कमाए थिए। 

रेयानको रेयान्ज वल्र्ड नामक युट्युब च्यानल छ। जसमा रेयानले १ हजार ८७५ भिडियो अपलोड गरिसकेका छन्। जसलाई निकै मन पराइएको छ। 

रेयान्ज वल्र्ड च्यानलको करिब ३ करोड सब्सक्राइबर छन्। उनको भिडियोमा करोडौँको भ्युज हुने गरेको छ। 

रेयान अमेरिकाको ट्याक्ससमा बसोबास गर्छन्। उनले सन् २०१५ मा पहिलो भिडियो युट्युबमा अपलोड गरेका थिए। रेयान अहिले स्टोर बिजनेसबाट पनि कमाइ गरिरहेका छन्। उनले वालमार्टसँग पनि एउटा डिल साइन गरेका थिए, जसका माध्यबाट अब उनी आफ्ना प्रडक्ट पनि बेच्न सक्छन्। 
रेयान आफ्नो युट्युब च्यानमा विशेष गरी खेलौनाहरुको रिभ्यु गर्दै भिडियो पोस्ट गर्छन्। – एजेन्सी