काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आज आफ्ना दुईवटा मस्कट सार्वजनिक गरेको छ। 

बैंकको व्यवसाय प्रबद्र्घन, पहिचान र प्रचारप्रसार गर्नका साथै बजार विस्तार गर्नका लागि सरल र शताब्दी नामका दुईवटा मस्क सार्वजनिक गरेको हो। यसपश्चात बैंकको बैंकिङ अनुभवलाई अझ सरल र सुरक्षित बनाउन र बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधा तथा तिनका प्रक्रियाका बारेमा सरल र शताब्दीले विभिन्न माध्यमबाट ग्राहकलाई जानकारी गराउने छन्।

सरल र शताब्दीका माध्यमबाट बैंकको लोकप्रियता अभिवृद्धिमा अझेै मद्दत पुग्ने बैंकले विश्वास लिएको छ।