काठमाण्डौ । सन् २०२१ को लिभिङ इन्डेक्सका आधारमा बसोबासका हिसाबले विश्वका महँगा सहरहरुको सूची सार्वजनिक भएको छ। 

मर्कर सर्भेएरले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा बसोबासका हिसाबले महँगा सहरहरुको सूचीमा २०९ वटा सहर समावेश गरिएका छन्। हाउजिङ, यातायत, खाना तथा मनोरञ्जनलाई समावेश गरेर न्युर्योक सहरलाई आधार मानेर महँगा सहरहरुको सूची सार्वजनिक गरिएको हो। 

यो सूचीको बसोबासका हिसाबले सर्वाधिक महँगा १० सहरहरुमा चीन र स्विट्जरल्यान्डको वर्चश्व देखिएको छ। यी दुवै देशका ३÷३ वटा सहर सर्वाधिक महँगा १० सहरभित्र पर्न सफल भएका छन्। 

सूचीको पहिलो स्थानमा तुर्किमेनिस्थानको अस्गाबत सहर परेको छ। अस्गाबत गत वर्ष महँगा सहरको सूचीमा दोस्रो नम्बरमा थियो। 
चीन हङकङ सूचीको दोस्रो स्थानमा छ। यो सहरलाई विश्वको व्यापार हब भनेर पनि चिनिन्छ। 

यसैग्री लेबनानको बेरुत तेस्रो स्थानमा र जापानको टोकियो चौथो स्थानमा रहेको छ। स्विट्जरल्यान्डको जुरिच पाचौँ स्थानमा छ भने चीनको सांघाई छैटौँ स्थानमा पर्न सफल भएको छ। 

महँगा सहरको सूचीमा सातौँदेखि १० औँ स्थानसम्म क्रमशः सिंगापुर, स्विट्जरल्यान्डको जेनेभा, चीनको बेइजिङ र स्विट्जरल्यान्डकै बे्रन रहेका छन्। – एजेन्सी