काठमाण्डौ । यात्राका लागि उत्कृष्ट एयरलाइन्समा कतार एयरलाइन्स फेरि पहिलो स्थानमै रहन सफल भएको छ। 

एयरलाइन्स रेटिङ कम्पनीले यो वर्षका लागि तयार पारेको उत्कृष्ट एयरलाइन्स कम्पनीको सूचीमा कतार एयरलाइन्स पुनः पहिलो स्थानमै रहन सफल भएको हो। यो रेटिङ कम्पनीले यात्रुका फिडब्याकका आधारमा र एयरलाइन्स कम्पनीहरुले यात्रुलाई दिएको सेवा तथा सुविधा, जहाज चालकको अनुभव तथा सुरक्षा मापदण्डका आधारमा एयरलाइन्स कम्पनीहरुको रेटिङ गरी वार्षिक रुपमा उत्कृष्ट एयरलाइन्स कम्पनीहरुको सूची तयार गर्ने गर्छ। 

यसपालि पनि त्यस्ता उत्कृष्ट २० एयरलाइन्स कम्पनीहरुको सूची सार्वजनिक गरेको छ। जसमा कतार एयरलाइन्सलाई कोभिडको समयमा यात्रुलाई दिएको सेवासुविधा ध्यानमा राखी पहिलो स्थान दिइएको हो । 

यसैगरी एअर न्युजिल्यान्ड दोस्रो तथा सिंगापुर एयरलाइन्स तेस्रो स्थानमा फस्टक्लास सर्भिसका आधारमा स्थान जमाएका छन् । विश्वका चर्चित एयरलाइन्स कम्पनीहरुमा अमेरिकाको युनाइटेड एयरलाइन्स आठौँ स्थानमा छ भने ब्रिटिस कम्पनी दसौँ स्थानमा रहेको छ। 

यस्ता विश्वका २० उत्कृष्ट एयरलाइन्स कम्पनीहरु –

1. Qatar Airways

2. Air New Zealand

3. Singapore Airlines

4. Qantas

5. Emirates

6. Cathay Pacific

7. Virgin Atlantic

8. United Airlines

9. EVA Air

10. British Airways

11. Lufthansa

12. ANA

13. Finnair

14. Japan Air Lines

15. KLM

16. Hawaiian Airlines

17. Alaska Airlines

18. Virgin Australia

19. Delta Air Lines

20. Etihad Airways