काठमाण्डौ । विश्वमा कफी पिउने शौख बढ्दै गएको छ। 

विश्वमा थुप्रै प्रकारका कफी छन्। केही खास कफी पनि छन्। यी कफीको भाउ पनि सोचेभन्दा बढी नै छ। 

ओस्पिना डायनेस्टी कफी

ओस्पिना डायनेस्टी विश्वकै सबैभन्दा महँगो कफी हो। यो एउटा कोलम्बियन कफी हो। यसको मूल्य १ हजार ५४० डलर प्रतिपाउन्ड रहेको छ। एक पाउन्ड ४३५.५९२ ग्रामबराबर हुन्छ। 

ब्ल्याक आईभोरी कफी

यो एउटा युनिक कफी हो। यसको प्रोसेस हातका हात्तीका माध्यमबाट गरिन्छ। कम्पनीले आफ्ना हात्तीहरुको अरेबिका कफीका दानाहरु खुवाउँछ। अनि हात्तीको पाचन प्रणालीहुँदै यो मलका रुपमा बाहिर निस्किन्छ। यसरी तयार हुन्छ यो कफी। यसको मूल्य प्रतिपाउन्ड १ हजार ५०० डलर रहेको छ। 

फिन्का एल एन्जेर्टो

फिन्का एल एन्जेर्टो कफी पनि विश्वकै महँगोमध्ये एउटामा पर्छ । यसको मूल्य प्रतिपाउन्ड ५०० डलर पर्छ।

हासिन्डा एस्मेराल्डा

हासिन्डा एस्मेराल्डा गिसा कफी पनि विश्वकै महँगो कफीमध्ये एक हो। यो कफीको मूल्य प्रतिपाउन्ड १२० डलर पर्छ।

कोपी लुवाक

कोपी लुवाक निकै लोकप्रिय कफी हो। यो पनि निकै महँगो पर्छ। यो यस्तो कफी हो, जुन जनावरलाई खुवाएर प्रोसेसिङ गरिन्छ। यो कफीका दाना पहिले बिरालोहरुलाई खुवाइन्छ । त्यसपछि बिरालोहरुले मलका रुपमा बाहिर निकाल्छन्। त्यसलाई कफीका रुपमा प्रयोग गरिन्छ। यसको प्रतिपाउन्ड ६०० डलर पर्छ। – एजेन्सी