काठमाण्डौ । कतारको आयोजनामा फिफा वर्ल्डकप २०२२ का रोमाञ्चक खेलहरु भइरहेका छन्। लियोनल मेस्सीको टोली अर्जेन्टिनाले साउदी अरेबियासँग हार व्यहोरेको छ। जापानले पनि जर्मनीसँग स्तब्ध पारेको छ।
विश्वकपको उत्साह र टिमको शानदार प्रदर्शन उनीहरुका प्रशिक्षकको कडा मेहनत बिना सम्भव छैन। यो पनि कारण हो कि टिमहरुले आफ्ना प्रशिक्षकहरुमा करोडौँ रुपैयाँ खर्च गर्छन्।
चालु विश्वकप प्रतियोगितामा वार्षिक रुपमा सबैभन्दा बढी पारिश्रमिक लिने प्रशिक्षकका बारेमा यहाँ चर्चा गर्न गइरहेका छौँ।
हान्सी फ्लिक जर्मनी टिमका प्रशिक्षक हुन् र उनी आफ्नो टोलीलाई उपाधि जिताउन सक्दो प्रयास गरिरहेका छन्। जर्मनीकी हान्सीले प्रशिक्षकका रुपमा सबैभन्दा बढी ५५ लाख पाउन्ड पाउँछन्। तर, उनको टिमी पहिलो खेलमा जापानसँग १–२ ले पराजित भइसकेको छ।
चालु विश्वकपमा ग्यारेथ साउथगेट दोस्रो सर्वाधिक पारिश्रमिक लिने प्रशिक्षक हुन्। उनले इंग्ल्यान्डको टिमलाई प्रशिक्षण गरिरहेका छन्। अमेरिकामा जन्मेका ५२ वर्षीय ग्यारेथले इंग्ल्यान्डबाट ४९ लाख पाउन्ड पारिश्रमिक पाउँछन्। उनी यो विश्वकपमा दोस्रो सर्वाधिक पारिश्रमिक लिने प्रशिक्षक हुन्।
डिफेन्डिङ च्याम्पियन फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प्स यो सूचीमा तेस्रो नम्बरमा छन्। डिडियरले ३.२ मिलियन पाउन्ड पारिश्रमिक पाउँछन्। फिफा विश्वकप २०२२ को पहिलो खेलमा फ्रान्सले अस्ट्रेलियालाई पराजित गरेको छ।
यस फिफा विश्वकपमा ब्राजिलको टोलीको नेतृत्व टिटे भनेर चिनिने अडेनोर लियोनार्डो बाचीले गरिरहेका छन्। उनले प्रशिक्षकका रुपमा वार्षिक ३० मिलियन पाउन्ड पाउँछन्। ब्राजिलले सन् २०१९ को कोपा अमेरिकाको उपाधि पनि जितेको थियो।
नेदरल्यान्ड्सका टिम प्रशिक्षक लुइस भान गाल पनि यो सूचीमा पछाडि छैनन्। उनी पाँचौँ नम्बरमा छन्। लुइसले प्रशिक्षकका रुपमा वार्षिक २५ मिलियन पाउन्ड पाउँछन्। – एजेन्सी
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago