काठमाण्डौ। भनिन्छ कि शिक्षण केवल एउटा यस्तो पेसा हो। जसले बाँकी सबै पेसाहरुलाई जन्म दिन्छ। तर, नेपालमा भने अहिले पनि शिक्षण पेसालाई ‘ग्ल्यामर जब’ मान्ने गरिँदैन। किनकि यो पेसा एउटा सामान्य पेसाका रुपमा मात्रै रहेको छ। 

यसैगरी यो पेसामा पैसाको कमीसमेत रहेको छ। जसका कारण राम्रा विद्यार्थीहरु भविष्यमा शिक्षण पेसामा संलग्न हुन चाहँदैनन्। 

यस्तोमा हामी तपाइँहरुलाई विश्वका केही यस्ता देशहरुका बारेमा जानकारी दिँदैछौँ, जहाँ शिक्षकहरुको तलब सबैभन्दा धेरै छ। 

१. लक्जमबर्ग

शिक्षकलाई सबैभन्दा धेरै तलब दिने सूचीमा लक्जमबर्ग अग्रस्थानमा रहेको छ। यो देशमा शिक्षकहरुको औसत वार्षिक तलब ९४ लाख २७ हजार रुपैयाँ रहेको छ। ओईसीडीको रिपार्टका अनुसार लक्जमबर्गमा सबैभन्दा धेरै तलब शिक्षकले पाउने गर्दछन्। यहाँका माध्यमिक स्तरका शिक्षकले अन्य देशका शिक्षकका तुलनामा अत्यधिक तलब पाउँछन्। लक्जमबर्गका शिक्षकहरुले ३० वर्षको करिअरपश्चात आफ्नो उच्चतम तलब प्राप्त गर्ने गर्दछन्। 

२. स्विट्जरल्यान्ड

यो सूचीको दोस्रो स्थानमा स्विट्जरल्याण्ड रहेको छ। यहाँका माध्यमिक शिक्षकहरुले औसत वार्षिक तलबका रुपमा ८३ लाख ४ हजार रुपैयाँको प्याकेज प्राप्त गर्छन। स्विट्जरल्याण्डमा शिक्षा प्रणाली अपरम्परागत र अनिवार्य छ। यहाँका शिक्षकको तलब विश्वको दोस्रो स्थानमा रहे पनि यो अझै पनि अन्य पेसाको तुलना कम नै हो। 

३. जर्मनी

सूचीको तेस्रो स्थानमा जर्मनी रहेको छ। यहाँका शिक्षकको वार्षिक तलब ७६ लाख ३७ हजार रुपैयाँ छ। जर्मनीको शिक्षा प्रणाली विश्वका अन्य देशहरुको तुलनामा भिन्न छ। यहाँका अधिकांश विद्यार्थी सरकारी स्कुलमा पढ्छन् र अधिकांस विषय जर्मन भाषामा पढाइन्छन्। जसले पछि गएर विद्यार्थीहरुलाई समस्या निम्त्याउने गर्दछ। विश्वका अन्य देशहरुको तुलनामा जर्मनी तथा अन्य युरोपेली देशहरुमा होमस्किुलिङको प्रथा अवैध छ। 

४. नर्वे

शिक्षकहरुलाई अधिक तलब दिने सूचीको चौथो स्थानमा नर्वे रहेको छ। यो देशमा शिक्षकहरुलाई ५६ लाख ३६ हजार रुपैयाँ वार्षिक प्याकेज दिइन्छ। नर्वेमा हाई स्कुलका शिक्षकलाई उच्च तलबका साथै आवास, यातायात र अन्य लाभहरुसमेत प्रदान गरिन्छ। यहाँका शिक्षकहरुको तलब उनीहरुको अनुभव, कौशल, लिंग र स्थानका आधारमा तय गरिन्छ। 

५. डेनमार्क

डेनमार्कमा एउटा हाई स्कुल शिक्षकको औसत तलब अन्य व्यवसायीहरुको तुलनामा अधिक हुने गर्दछ। यहाँका शिक्षकको औसत वार्षिक तलब ५५ लाख ७३ हजार रुपैयाँ छ। डेनमार्कमा हाई स्कुल शिक्षक बन्नका लागि स्नातकको डिग्री आवश्यक पर्छ। शिक्षकको तलब वृद्धि उसको अनुभवमा आधारित हुन्छ। डेनमार्कमा ९ वर्षको अनिवार्य शिक्षाका लागि निःशुल्क शिक्षा प्रणालीको व्यवस्था रहेको छ। 

६. अमेरिका 

अमेरिकाको श्रम तथ्यांक ब्युरोका अनुसार यहाँ सन् २०१९ बाट २०२९ सम्म हाई स्कुलमा शिक्षकका लागि ४ प्रतिशत रोजगार वृद्धि हुने अनुमान गरिएको छ। यहाँका शिक्षकले वार्षिक औसत ५१ लाख ८९ हजार रुपैयाँ तलब पाउँछन्। 

७. मेक्सिको

मेक्सिकोको शिक्षा प्रणाली सुरुमा क्याथोलिक चर्चबाट प्रभावित थियो। जसले औपनिवेशिक युगका बेला शिक्षा प्रदान गरेको थियो। तथापी सन् १९९२ बाट मेक्सिकोमा शिक्षा प्रणालीलाई शिक्षामा केन्द्र सरकारको प्रतिबन्धित भूमिकाका साथ विकेन्द्रिकृत गरिएको थियो। जसपश्चात शिक्षकहरुको तलबमा वृद्धि भयो। यहाँको शिक्षकले वार्षिक औसत ५१ लाख बढी तलब पाउँछन्। 

८. स्पेन

स्पेनको हाई स्कुल शिक्षामा स्पेनिस संस्कृति, रीति–रिवाज र भाषाहरुको मिश्रण हुन्छ। विदेशमा अंग्रेजी पढाउनका लागि स्पेन सबैभन्दा राम्रो विकल्प हो। किनकी यहाँको शिक्षा प्रणालीलाई धेरै नै राम्रो मानिन्छ। यहाँको शिक्षकको वार्षिक औसत तलब ४९ लाख ९० हजार रुपैयाँ छ। 

९. अस्ट्रेलिया

अष्ट्रेलिया विश्वमा उच्च अध्ययन गर्नका लागि एउटा लोकप्रिय गन्तव्यका रुपमा रहेको छ। यो एउटा यस्तो देश हो, जहाँका स्कुल तथा रहन–सहनलाई धरै नै राम्रो मान्ने गरिन्छ। शिक्षा व्यवस्थाको सुधारका लागि अष्ट्रेलियाली सरकार निरन्तर प्रयासरत रहेको पाइन्छ। यहाँका शिक्षकहरुको वार्षिक औसत तलब ४८ लाख ५६ हजार रुपैयाँ छ। 

१०. नेदरल्यान्ड

नेदरल्यान्डको शिक्षा प्रणालीमा मिडिल स्कुल वा जुनियर स्कुलको व्यवस्था छैन। यसको साटो यहाँ ब्रिज क्लास सञ्चालन हुन्छ। जुन प्राथमिक शिक्षाको समान्तर हुन्छ। नेदरल्यान्डका शिक्षकको वार्षिक औसत तलब ४६ लाख ५७ हजार रुपैयाँ हुन्छ। –एजेन्सी